बीरगंज २२ माघ / नेपाल टेलिकमले आज देखि पहिलो पटक उपत्यका बाहिर विरगंजमार् इन्टनेट टेक्नोलोजिमा आधारीत एस आई पि प्रविधि टेलिफोनबाट अन्तराष्ट्रिय कलहरु अझ सस्तो दरमा गराउन सेवाको सुरुवात गरेको छ । बाँकी समाचार.........
नेपाल टेलिकम क्षेत्रिय निर्देशनालय वीरगंजको आयोजनामा आज वीरगंजमा सम्पन्न भएको सातौ वाषिर्कउत्सक कार्यक्रममा निर्देशनालय वीरगंजका प्रमुख देवनारायण यादवले बताउनु भएको छ । वहाले इजी कलको माध्यमले भारतमा आउट गोईङ प्रति मिनेट ३ रुपैया तथा हाम्रो देशबाट विदेश गएकाहरुको सुविधालाई ध्यानमा राखी विदेशी मुद्रा मंहगो दरमा आफनो देशमा फोन गर्नु नपरोस भनि नेपाली मुद्रामा नै ८ रुपैयामा प्रति मिनेटमा प्रिपेड कलि‹ कार्डको माध्यमबाट आफनो घर परिवारमा कुरा गर्न सकोस भन्ने मुख्य उदेश्यले सो सेवा यहि माघ ५ गते देखि संचालनमा ल्याएको जानकारी दिनुभयो । वहाँले काठमाण्डौ उपत्यकामा १ सय ५ ग्राहक बनी सकेको र भोलीदेखि विरगंजमा पनि वितरण गर्नेभएको बताउनु भयो । आर्थिक वर्ष ०६६/०६७ सालमा कम्पनीले २७ अर्व २२ करोड राजश्व संकलन गरी नेपाल सरकारलाई बुझाउनु पर्ने कर भंसार तथा महसुल बापत १५ अर्व ८० करोड रुपैया बुझाएको छ भने वीरगंज क्षेत्रबाट डेढ अर्व रुपैया बुझाएको क्षेत्रिय निर्देशक यादवले बताउनु भयो । कम्पनीले वीरगंज क्षेत्र अर्न्तर्गतबाट विगत ६ महिनामा रिर्चाज कार्डवाट मात्र २३ करोड ५० लाख रुपैया राजश्व दाखिला गरेको छ । क्षेत्रिय निर्देशक यादवले दुरसंचारको सेवा र सुविधाहरु गुणस्तरिय रुपमा जनता माझ पुर्याउन लामो सरकारी प्रकृयाले अवरोध गरेकाले निर्णय प्रकृया र नितिनियममा समय साक्षेप परिर्वतन गरी व्यापारी हिसावले संचालन गर्नुपर्ने बताउनु भयो । उहाले केहि व्यक्ति वा संस्थाहरुबाट नियोजित रुपमा छनिक लाभको लागि टेलिकमको सेवाहरुलाई तहस नहस पार्ने काम गरिरहेको आरोप लगाउनु भएको छ । वहाँले वितरण गरेका सेवाहरुको केबुल दिनानुदिन चोरी, अप्टीकल तार कटिङ, भिओआइपी कल वाइपास र गैरकानुनी तरीकाले विदेशी फोन र मोवाईलबाट पिसिओ संचालन गरी व्यापक रुपमा करौडो छति पुर्याई रहेको गुनासो समेत गर्नुभयो । विरगंजमा संचालित १५ हजार लाईन मध्ये ८ हजार लाईन बन्द भएको थियो जसमध्ये टेलिकमले आफनो साधन र श्रोतको उपयोग गरी प्राविधिकहरुको प्रयासमा ६ हजार ५ सय लाई संचालनमा ल्याएको जानकारी दिनुभयो । कार्यक्रममा टेलिकममा २५ वर्षेखि सेवा पुर्याउदै आईरहेको ६ जनालाई एक महिनाको तलब र पदक, प्रमाणपत्रले कार्यक्रमका प्रमुख अतिथी मध्यमाञ्चल क्षेत्रिय निर्देशक रुद्र कुमार श्रेष्ठले सम्मान गर्नुभएको थियो । कार्यक्रममा प्रमुख अतिथी श्रेष्ठ, अतिथी पर्साका प्रमुख जिल्ला अधिकारी नागेन्द्र झा, उपभोक्ता हित संरक्षण मंच पर्साका अध्यक्ष राजेश्वर तिवारी लगायतले उत्तरोउत्तर प्रगतिको कामना गर्नुभएको थियो ।


No comments:
Post a Comment