Pages

बिधार्थीहरु द्वारा बिधालयमा तालाबदी

बिन्दु भुषण साह
बीरगंज १ फागुनपर्सा जिल्लाको पकहा मैनपुर स्थित श्री राम चरीत्र भगत उच्च माविमा विद्यार्थीहरुले आजदेखी अनिश्चितकालिन तालाबन्दी गरेका छन् । बाँकी समाचार........
 

उक्त विद्यालयमा अभिभावक भेला नगराइ गोप्य रुपमा केही व्यक्तिहरुको सहमतिमा विधालयलाइ १० लाख चन्दा दिने शर्तमा रामनाथ साह तेलीलाइ व्यवस्थापन समितिको अध्यक्ष बनाउने निर्णयको विरुद्घमा विद्यार्थीहरुले अनिश्चितकालिन तालाबन्दी गरेका छन् । विधालयमा रकमको ठेकका पटामा अध्यक्ष बन्न नपाइने, जनचाहना अनुरुप सक्षम व्यक्ति विधालय व्यवस्थापन समितिमा चयन गर्नु पर्ने माग गर्दै तालाबन्दी गरीएको विद्यार्थीहरुले बताएका छन् । उक्त विद्यालयमा व्यवस्थापन समिति छनोटको विषयलाइ लिएर विगत दुइ महिनादेखीको विवाद पश्चात तीन अगाडी मात्र केही शिक्षा माफियाहरुको मिलोमतमा गोप्य रुपमा नकली माइन्युट बुक तयार गरी रामनाथ साह तेलीलाई अध्यक्षमा चयन गरेको विद्याथहिरुले आरोप लगाउदै अभिभावक भेला र्माफत व्यवस्थापन समिति चयन नभएसम्म ताला नखोलिने चेतावनी समेत दिएका छन् ।

No comments:

Post a Comment