Pages

हत्याको बिरोधमा वीरगंज बजार बन्द

बीरगंज १ फागुनसहपाठी हत्याको विरोधमा विद्यार्थीहरुले आज वीरगंज बजार बन्द गरेका छन् । बाँकी समाचार........ 
     

नेशनल एकेडेमी कक्षा १२ मा अध्ययनरत विद्यार्थी प्रविन कुमार सिंहको दुइ दिनअघि भएको हत्याको विरोधमा उनी अध्ययनरत कलेजका विद्यार्थीहरुले बजार बन्द गरेका हुन् । विद्यार्थीहरुले वीरगंजका क्याम्पस र निजी विद्यालयको पठनपाठन पनि ठप्प पारेका छन् । विद्यार्थीहरु हातमा लाठीसहित प्रदर्शनमा उत्रदा वीरगन्जको घण्टाघर क्षेत्र केहीबेर तनावग्रस्त बनेको थियो । बजार बन्द गराउ"दै हि"डेका विद्यार्थी र प्रहरीबीच घण्टाघरमा झडपसमेत भएको छ । झडपमा एक जनाको टाउको फुटेको छ भने प्रहरीले चार जनालाई पक्राउ गरेको छ । विद्यार्थीहरुले हत्यारालाई कारवाही र पीडित पक्षलाइ क्षतिपूर्तिको माग सहित बजार बन्द गरेका हुन् । रौतहटको ब्रम्हपुरी राजपुर घर भएका सिंहको दुइ दिनअघि वीरगंजको पानीटंकीमा रड प्रहार गरी हत्या भएको थियो । दुइ विद्यार्थी समूहको झडपमा उनको मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीले हत्यामा संलग्न रहेको भन्दै सिद्धार्थ इन्टरनेशनल कलेजमा अध्ययनरत विक्कीकुमार साहलाई पक्राउ गरेको छ । घटनामा संलग्न मनोजकुमार साह भने फरार छन् । 

No comments:

Post a Comment