-- सुब्बा कार्की.........
वीरगन्जमा अहिले चुनावी सरगर्मी ह्वात्तै बढेको छ । संविधानसभा वा प्रतिनिधिसभा चुनावको सरगर्मी भने होइन । बाँकी समाचार
अहिले सरगर्मी बढेको चुनाव त पत्रकारहरुको हो । जनतालाइ सुसुचित गराउने दायित्व बोकेका पत्रकारहरु अहिले भोट माग्न व्यस्त भएका छन् । भोट माग्ने चटारोले होला अहिले वीरगन्जबाट प्रकाशित पत्रपत्रिकामा स्तरीय र खोजमुलक समाचार पढ्न बञ्चित छन् पाठकहरु । जता ततै अहिले पत्रकारहरुकै चुनावको चर्चा छ । १ सय ६० भन्दा बढी मतदाता रहेको नेपाल पत्रकार महासंघका अधिकांश सदस्यहरु कुनै न कुनै पदमा उठेका छन् । फागुन ४ गते हुने पत्रकार महासंघ पर्साको चुनावको मिति जति नजिकिदै छ । त्यती नै चुनाव सम्बन्धी नया नया चर्चा पनि बाहिर आइरहेका छन् । कोही भन्छन्, यो चुनावमा त हाम्रो प्यानलले बाजी मार्छ । कोही भन्छन्, आफैंले र्समर्थन गरेर उम्मेद्वार बनाएकालाई आफैंले अन्तिममा सहिद बनाउछन् । अनि कोही भन्छन् त्यो उम्मेद्वारले त बार्गेनिङ मिलेपछि उम्मेद्वारी फिर्ता लिन्छ । कति जनाको लागि त जुगाको लर्डाईं भएको छ यो चुनाव । यो चुनावमा फलानोलाई पराजित गरेर त्यसको शाख झार्नुपर्छ । अनि कोही भन्छन्, यो चुनावपछि फलानोको त पत्तासाफ हुन्छ । चुनावका नाममा बजारमा भोट मात्र हैन नोट मागिरहेको चर्चा पनि त्यतिकै व्यापक छ अहिले । उम्मेद्वारहरु २५/३० हजार रुपैया बोकेर हिडिरेहका छन् । मतदाताको मोबाइलमा घण्टी बजेका बजै छन् । सबैले भोट त दिन्छु भन्छन् । उम्मेदवार पनि मख्ख छन् । सबैले तपाईलाइ सहयोग गर्छु भनेकै भरमा आफ्नो जित सुनिश्चित ठानिरहेका छन् कतिपय । तर ती सबै भ्रम हुन् भन्नेहरु पनि छन् एकातिर । यो वर्षयुवा जमात धेरै भएकाले योजनाकारका रणनीति फेल खाने अड्कलबाजी पनि भइरहेका छन् । विगतका भन्दा अनपेक्षित नतिजा आउने विश्लेषण भइरहेको छ । नामै नसुनेका उम्मेदवारले पनि चुनाव जित्छु भनेर बजारमा हल्ला फिजाएका छन् । तर जो आए पनि पत्रकारको हितमा काम गर्नु पर्यो । त्यसमा नै सबैको कल्याण हुनेछ ।

No comments:
Post a Comment