बीरगंज २५ माघ/ विद्याकी देवी सरस्वतीको पूजा धुमधामका साथ मनाइएको छ । बाँकी समाचार........
प्रत्येक वर्षमाघ शुक्ल पञ्चमीका दिन सरस्वतीको विशेष पूजा आराधना गरिन्छ । विद्याले मानिसलाई हरेक क्षेत्रमा शिष्ट र विनयी व्यक्तिका रुपमा चिनाउ"छ र विद्यारुपी धनलाई संसारमा सबैभन्दा ठूलो धन मानिन्छ । आज बिहानै देखि बीरगंज नगरका स्कुल तथा बिभिन्न ठाउमा सरस्वतीको पुजा गरिएको छ । शिक्षक, बिधार्थी, गायक, संगितकार, कबि लगायत सबै बिधाका साधकहरुले आज आ-आफनो किताब र कलमको पुजा गर्ने गर्दछन । यसैगरि बीरगंज राधेमाइ स्थित साउथ जोन स्कुलले सरस्वती पुजाको अवसरमा बाषिर्क पुरस्कार बितरण कार्यक्रम सम्पन्न गरेको छ । गत बर्ष नर्सरी देखि कक्षा ७ सम्मका प्रथम, द्धितीय र तृतीय भएका बिधार्थीहरुलाइ प्रमाण पत्र तथा पुरस्कार बितरण गरेको छ भने यस बर्षबिभिन्न थरिका खेल, हाजिरीजवाफ प्रतियोगिता तथा अतिरीक्त त्रियाकलापमा उत्कृष्ट भएका बिधार्थीहरुलाइ प्रमाण पत्र बितरण गरेको छ । साउथ जोन स्कुलका प्राधानाध्यापक सरोज प्रसाद चौधरीको सभापतित्वमा भएको कार्यक्रममा बिधार्थी, अभिभावक, शिक्षक तथा पत्रकारहरुको उपस्थिती रहेको स्कुलका सह प्राधानाध्यापक अशोक संग्रौलले बताउनु भयो ।

No comments:
Post a Comment