Pages

वीरगंजमा शान्ति पद यात्रा















वीरगंज १२ फागुन/ बौद्ध धर्मालम्बीहरुले विश्व शान्तिको कामना गर्दै आज वीरगंजमा शान्ति पद यात्रा निकालेका छन । बाँकी समाचार........
   

भिस्वा स्थित बौद्ध विहारबाट निकालिएको पदयात्रा भिस्वा, बसपार्क, घण्टाघर हुदै नगरपरिक्रममा गरी पुन बौद्ध विहार भिस्वामा पुगी समापन भएको थियो । पदयात्रामा देशभरीका विभिन्न स्थानबाट आएको बौद्ध धर्मावलम्बी तथा विरगंज स्थित स्कुलका विद्यार्थीहरुको सहभागिता रहेको थियो । नेपाल अहिंसावादी बौद्ध धर्म विश्वाशान्ति चक्र संघले प्राणीको उद्धार, नेपाल राष्ट्रको कल्याण र विश्वशान्तिको लागि वीरगंजको भिस्वा स्थित बौद्ध विहारमा आयोजना गरिएको विश्वशान्तिका ध्वजाहरु फहराउदै बौद्ध ग्रन्थ भुम पाठ गरी महायज्ञ आज सम्पन्न भएको छ । विभिन्न पुजा, भजन र धर्मप्रवचन गरी गत ८ गतेदेखि शुरु भएको महायज्ञ आज विद्युवत रुपमा विभन्न कार्यक्रम गरी समापन गरिएको आयोजक समितीले जनाएको छ ।

No comments:

Post a Comment