वीरगंज १२ फागुन/ मधेशी जन अधिकार फोरम नेपालका केन्द्रिय अध्यक्ष उपेन्द्र यादवले शाहि सेनाको साइनबोर्ड फेरीए पनि नेपाली सेनाको चरित्र र संरचना फेरिएको छैन भन्नु भयो । बाँकी समाचार........
बारा, पर्साका युवा कार्यकर्ताको प्रशिक्षणका क्रममा वीरगंज आइपुग्नु भएका अध्यक्ष यादवले आज वीरगंजमा संचारकर्मिहरु सामु नेपाली सेनाको चरित्र र संरचना नफेरिएको बताउनु भएको हो । उहाले सेनाको सैनिक संरचना लोकतान्त्रिककरण र समावेसीकरण हुन सकेन भने राष्ट्रिय सेना हुन सक्दैन भन्नु भयो । वहाले माओवादी सेना पनि बिशेष समिति मातहत ल्याइयो भने पनि माओवादी सेनाको चेन अफ कमाण्ड माओवादीहरुकै हातमा रहेकोले हौसला गर्नुपर्ने आवश्कता नरहेको कुरा औल्याउनु भयो । त्यसैगरी अध्यक्ष यादवले पुर्वी पहाडी क्षेत्र र मधेशमा रहेका भुमिगत संगठनहरुको राजनीतिक चरित्र र सिद्धान्त भएकाहरुलाई पहिचान गरी मुलधारमा ल्याउनु पर्छ । त्यसो नगरिएर माओवादी सेनालाई मात्र समायोजन र व्यवस्थापन गरेर शान्ति प्रकृया टुङ्गोमा पुग्यो भन्नु ठुलो भुल हुनेछ भन्नु भयो । उहाले देशमा अहिले कांग्रेस, कम्युनिष्ट र मधेशवादी गरी ३ शक्ति रहेका छन् । यी तीन शक्ति बीचको एकता र सहकार्य भएमात्र मुलुकले निकास पाउछ भन्नु भयो । उहाले तिनशक्तिको एकता नै मुलुकको भविष्य हो । तीन शक्तिहरु बिचको एकता नै संविधान निर्माण र शान्ति प्रकृयाको आधार हो भन्नु भएको थियो । संचारकर्मिहरुसंगको भेटघाट कार्यक्रममा फोरम नेपालका केन्द्रिय सदस्य तथा सभाषद आत्माराम साह, लालबाबु राउत, अब्दुल जब्बार, राम विलास यादव लगायतको उपस्थिति रहेको थियो ।

No comments:
Post a Comment