Pages

र्सार्वजनिक लेखाजोखा कार्यक्रम सम्पन्न














वीरगंज १२ फागुन/ वीरगंज उपमहानगरापलिका वडा नम्बर ९ रामटोल सुधार समिती र वडा नम्बर १९ नगवा स्थित प्रेमनगरले आज एक कार्यक्रम विच छुटा छुटै र्सार्वजनिक लेखाजोखा गरेका छन । बाँकी समाचार........
   

आक्का र वीरगंज उपमहानगरपालिको सहयोगमा वीरगंज उपमहानगरापलिका वडा नम्बर ९ रामटोलमा र वडा नम्बर १९ नगवा स्थित प्रेमनगरले आयोजना गरेको विकास कार्यक्रमको समापनमा आज समुदायहरुले छुटा छुटै र्सार्वजनिक लेखाजोखा प्रस्तुत गरेका छन । आक्काले नगवाको प्रेम नगरमा १ लाख ८६ हजार, वीरगंज उपमहानगरपालिको ४० हजार र प्रमेनगर सुधार समितीको ४ हजारको सहयोगमा निर्मित भएको एक सय दुइ मिटर गे्रवलिङ सडक, २ वटा चप्पाकल र २ वटा स्नानघरको समापन कार्यक्रममा सो लेखाजोखा र्सार्वजनिक गरिएको थियो । त्यसैगरी वीरगंज १० रामटोलमा आक्का द्धारा १ लाख ७५ हजार, वीरगंज उपमहानगरपालिको १ लाख ७५ हजार र रामटोल सुधार समितीको २० हजार बराबर श्रमदानको सहयोगमा निर्मित भएको एक सय पाच मिटर रोड नाला ढलान समापन भएको छ । लेखाजोखा कार्यक्रममा रामटोल र प्रेमनगर सुधार समितीका पदाधिकारीहरुले ठेक्कापट्टा नगरी आफनै जिम्मेवारीमा निर्माण कार्य सम्पन्न गरी केहि रकम बचत गर्न समेत सफल भएको उप्सका कार्यक्रम संयोजक अब्दुल कैशले जानकारी दिनुभयो । उहाले आफैमा आत्मनिर्भर भई आफनै टोलको विकासको लागि निर्माण गरिएको कार्य गुणस्तरिय भएको र केहि रकम बचत गर्न सफल भएकोमा टोलका वासीन्दाहरु उत्साहित भएको एकमहिलाले जानकारी दिईन । र्सार्वजनिक लेखाजोखा कार्यक्रममा विरगंज उपमहानगरपालिककोर् इन्जिनियर शैलेन्द्र श्रेष्ठ, अधिकृत विजय ढंगोल, लुमन्तीका फिल्ड संयोजक यज्ञराज कार्की, महिला सदस्य मोमिला खातुन, फोरम नेपाल पर्साका जिल्ला अध्यक्ष शशिकपुर मिया, फोरम लोकतान्त्रिकका करिमा वेगम लगायतको उपस्थिती रहेको थियो ।

No comments:

Post a Comment