बीरगंज १९ माघ/ पर्साका प्रमुख जिल्ला अधिकारी नागेन्द्र झाले पत्रकारीता पेशा चुनौति पुर्ण रहेपनि यहाको पत्रकारिताले मुलुकलाइ नै अहिले एक प्रकारको सन्देश दिइरहेको बताउनु भएको छ । बाँकी समाचार........
बीरगंजबाट प्रकाशन हुने राष्ट्रिय दैनिक पत्रिकाको छैठौं बाषिर्कोत्सवको अवसरमा आयोजित शुभकामना समारोहमा प्रमुख जिल्ला अधिकारी झाले पानसमा बतीबाल्नुका साथै सरस्वतीको तस्बिरमा माल्यार्पण गर्दै पत्रकारीताको बिकासले नै देश र समाजको प्रगती समेत हुने कुरामा जोड दिनु भयो । वहा बालबालिकाको जन्मदिन जस्तै पत्रीकाले केक काटी आफनो बाषिर्कोत्सव बिरलै देख्न पाइने हुदा सन्ता सरह पत्रिकालाइ माया गर्ने नया सन्देश दिएको बताउनु भयो । राष्ट्रिय दैनिक पत्रिकाका प्रधान सम्पादक सुर्दशन राज पाण्डेको सभापतित्वमा सम्पन्न कार्यक्रममा नारायणी अंचलका बरिष्ठ प्रहरी उपरीक्षक गोपाल भण्डारी, पत्रकार महासंघका केन्द्रीय सदस्य महेश दास, वानका महासचिव दिपेन्द्र चौहान, पत्रकार महासंघ पर्साका अध्यक्ष शत्रुघन नेपाल, मेची महाकाली मिडिया सोसाइटी परर्साका अध्यक्ष श्रीराम रायमाझी र बरिष्ठ पत्रकार इश्वर चन्द्र गौतम लगायतकाले पत्रिकाको उतरोत्र प्रगतिको कामना गर्नु भएको थियो । पत्रिकाको प्रकाश सम्पादक महेशचन्द्र गौतमले स्वागत भाषण गर्नु भएको थियो भने कार्यक्रम संचालन बिजय भण्डारीले गर्नु भएको थियो । कार्यक्रममा पत्रिकामा योगदान पुर्याए बापत प्रणय कुमार, सुब्बा कार्की, उत्तम खड्गी, नन्द किशोर गोयल, अरुण बिक्रम शाह, चन्दन रौनियार लगायतलाइ कदर पत्र प्रदान गरिएको थियो ।





No comments:
Post a Comment