बीरगंज १९ माघ/ कृयाशील यूवा पत्रकार मञ्चको भेलाले नेपाल पत्रकार महासंघ पर्सा शाखाको भावी नेतृत्वमा यूवाहरुलाई जिताउनका लागि प्रयास गर्ने निर्णय गरेको छ । बाँकी समाचार........
मञ्चका सदस्यहरु सम्मिलित भेलाले यूवाहरु परिवर्तनको संवाहक भएको र उनीहरुले पत्रकारिताको पेशागत विकासका लागि योगदान दिन सक्ने भएकाले यूवा नेतृत्वको खाँचो औंल्याएको हो । मञ्चका अध्यक्ष प्रणय कुमारले यूवा पत्रकारहरुको भेलाले पत्रकारिताको विकास र पेशागत सुरक्षाका मुद्दालाइ प्राथमिकता दिने यूवा उम्मेदवारको पक्षमा मतदान गर्ने निर्णय गरेको जानकारी दिनुभयो । भेलामा सहभागीहरुले फागुन ४ गते हुने पत्रकार महासंघको निर्वाचनका लागि आ- आफ्नो उम्मेदवारीको घोषणा समेत गरेका छन् । साथै नेपाल पत्रकार महासंघ पर्सा शाखामा नयाँ सदस्यता प्राप्त गरेका सञ्चारकर्मीहरुको परिचयात्मक कार्यक्रम समेत गरिएको थियो ।

No comments:
Post a Comment