Pages

दुइ करोडको लागतमा पुल निर्माण

बीरगंज २० माघ/ पर्साको रामगढवा गाबिस वडा नम्बर-७ र बीरगंज उपमहानगरपालिका वडा नम्बर-१३ आदर्श नगरको सिमामा रहेको श्रीसिया नदीमा पुल निर्माण गर्न लागिएको छ । बाँकी समाचार.........
   

नेपाली कांग्रेस पर्साका सभापति सुरेन्द्र प्रसाद चौधरीले आज पुलको शिलान्यास गर्नु भएको हो । पुल निर्माणका लागि समाज सेबी तथा घर जग्गा ब्यवसायी ज्योतीलाल प्रसाल कलवारले करिब २ करोड रुपैया खर्च गर्न लाग्नु भएको छ । पुलको निर्माणबाट बीरगंजको श्रीसिया, अलौ, सुख्खा बन्दरगाहमा ओहोर दोहोर गर्न ती गाबिसका बासिन्दाहरुलाइ सदमुकाम बीरगंजको बजार क्षेत्रमा आउन सुबिधा हुने छ । शिलान्यास कार्यक्रमलाइ सम्बोधन गर्दै नेपाली कांग्रेस पर्साका सभापति चौधरीले पर्सामा सडक, पुल र बिधुत सेवा लगायतका पुर्वाधार बिकाशका लागि पार्टीको तर्फाट सम्बन्धीत निकायलाइ सकदो पहल गर्ने आश्वासन दिनु भयो । वहाले नेपाली समाजमा सबै बर्ग, धर्म र समुदायका मानिसहरुको बसोबास भएकाले साप्रदायीक्ता फैलाउन नहुने धारणा ब्यक्त गर्नू भयो । शिलान्यास कार्यक्रममा बीरगंज उधोग वाणिज्य संघका निवर्तमान अध्यक्ष ओम प्रकाश सिकारीया, नेपाली कांग्रेस बीरगंज नगर कार्य समितीका सभापति महमद सहाबुदीन, स्थानिय बासिन्दा, राजनितीक दलका प्रतिनीधि, संचारकर्मी लगायतको उपस्थिती रहेको थियो ।

No comments:

Post a Comment