बीरगंज २५ माघ/ पर्सेली साहित्य समाज बीरगंजले सरस्वती पुजा समारोह तथा साहीत्यीक संगम कार्यक्रम आज बीरगंजमा सम्पन्न गरेको छ । बाँकी समाचार........
बीरगंजको घण्टाघरमा आयोजित उक्त कार्यक्रमका प्रमुख अतिथी हिन्दु बचाउ संघका केन्द्रिय उपाध्यक्ष एवम राष्ट्रिय सरोकार मंचका केन्द्रिय सदस्य रामेशवर थापाले हिन्दु धर्मको संरक्षण गर्न सबै देश वासी एकजुट हुनु पर्ने आवश्कयता औल्याउनु भएको छ । वहा"ले पशुपति क्षेत्र राजधानी स्थित पशुपति क्षेत्र भित्र रहेको स्थाइ धर्मको क्यानलाइ हटाउन पशुपति क्षेत्र बिकाश कोष संग आग्रह समेत गर्नु भएको छ । सो नहटाइए आफुहरु आन्दोलन गर्ने चेतावनी समेत वहा"ले दिनु भयो । हिन्दु धर्मावलम्वीहरुलाइ संस्थागत हुन आग्रह गर्नु भएको छ । समाजका अध्यक्ष मुकुन्द आचार्यको अध्यक्षतामा भएको कार्यक्रममा समाज सेवी पशुपति बिक्रम शाह, गंगा बहादुर थापा, लक्ष्मी शाक्य, नन्दकिशोर गोयल, महेशचन्द्र गौतम लगायतकाले आ-आफनो कबिता, लेख, रचना, वाचन गर्नु भएको थियो । कबि अरुण बिक्रम शाहले कार्यक्रम संचालन गर्नु भएको थियो ।


No comments:
Post a Comment