बीरगंज २५ माघ/ बीरगंजबाट प्रकाशीत हुने त्रिनेत्र पोष्ट साप्ताहिक पत्रिकाको आज एक समारोहका बीच बिमोचन भएको छ । बाँकी समाचार........
बीरगंज आदर्शनगर स्थित किङ्गस इन्सटिच्युटको सभाकक्षमा आयोजित कार्यक्रमका प्रमुख अतिथी नेपाल पत्रकार महासंघ पर्साका सदस्य युवराज खड्काले पत्रिकाको बिमोचन गर्दै लोकतन्त्रलाइ संस्थागत गर्न र समाज रुपान्तरणका लागि सत्य तथ्य समाचार सम्प्रेषण गर्नु पर्ने कुरामा जोडदिनु भएको थियो । वहाले आर्थिक नगरको रुपमा परिचीत बीरगंजमा पत्रिकाले फडको मार्न सक्ने बताउनु भयो । पत्रिकाको सम्पादक गणेश बहादुर ठकुरीको सभापतित्वमा भएको सम्पन्न सो कार्यक्रममा नेपाल राष्ट्रिय अभिभावक संघका केन्द्रिय सदस्य कमल बहादुर पिठाकोठे मगर, क्रियाशील युवा पत्रकार मंच नेपालका अध्यक्ष प्रणय कुमार, प्रेस चौतारी पर्साका अध्यक्ष जीवनलाल श्रेष्ठ लगायतले शुभकामना मन्तब्य दिएका थिए ।

No comments:
Post a Comment