Pages

टि्रपरको ठक्करबाट एक घाइते

वीरगंज १० फागुन/ पर्सा जिल्लाको जगर्नाथपुरमा टि्रपरले विपरित दिसामा रहेको मोटरसाइकललाइ ठक्कर दिदा एक जना गम्भिर र्घाईते भएका छन् । बाँकी समाचार..........
   

बाराको जितपुरबाट वीरगंज स्थित सुख्खाबन्दरगाहा तर्फआउँदै गरेको ना..क २३७८ नम्बरको टि्रपरले विपरीत दिसामा रहेको ना.१३.प ३८४२ नम्वरको मोटरसाइकललाई ठक्कर दिदा सोमा सवार हरपतगंज ३ निवासि २० बर्षीय अर्जुन यादव गम्भिर घाइते भएका हुन् । घाइते यादवको अहिले नारायणी उपक्षेत्रिय अस्पताल वीरगंजमा उपचार भइरहेको छ । ठक्कर दिने टि्रपर र चालक जिल्ला प्रहरी कार्यालय पर्साको नियन्त्रणमा रहेको छ ।

No comments:

Post a Comment