Pages

प्रहरी नायव महानिरिक्षक द्वारा पत्रकार भेटघाट












वीरगंज १० फागुन /  मध्य क्षेत्रीय प्रहरी कार्यालय मकवानपुरका प्रमुख प्रहरी नायव महानिरिक्षक गंगा पाण्डेले नागरिकको रक्षाका लागि प्रहरी संगठनले शान्ति सुरक्षा चुस्त राख्न अहम भूमिका खेल्छ भन्नुभयो । बाँकी समाचार..........
   

आज अंचल प्रहरी कार्यालय नारायणीले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रमा प्रहरी नायव महानिरिक्षक पाण्डेले नेपालको कानूनले दिएको कुरालाई प्रहरीले पूर्ण रुपले अंगिकार गर्छ भन्नुभयो । वहाले कसैकसैले बर्दी लगाएर वा नलगाएर गलत काम गर्छ भने त्यस्तालाइ कारवाही हुनुपर्छ, गलत काम गर्ने कसैले उन्मुक्ती पाउनु हुदैन भन्नुभयो । बारा, पर्सा र रौतहट क्षेत्रको सुरक्षाको नेटवर्क मजबुत गराउन संचारकर्मीहरुको सहयोग आवश्यक भएकोले फ्रेण्डशिपको रुपमा मात्र भेटघाट राखिएको बताउदै प्रहरी नायव महानिरिक्षक पाण्डेले आफु गंगा हु", गंगै रहन्छ गलत क्रियाकलाप गर्ने कसैलाई छोडदिन् भन्दै पवित्रै रहन्छु भनि दावी गर्नुभएको थियो । कार्यक्रममा नारायणी अञ्चल प्रहरी कार्यालयका बरिष्ठ प्रहरी उपरिक्षक गोपाल प्रसाद भण्डारी, पर्साका प्रहरी उपरिक्षक राजेन्द्रमान श्रेष्ठ लगायतका प्रहरी अधिकृतहरुको समेत सहभागिता रहेको थियो ।

No comments:

Post a Comment