Pages

बाघको हडी सहित तीन जना पक्राउ














वीरगंज १२ फागुन/ जिल्ला प्रहरी कार्यालय पर्साले पक्राउ गरेको १५ किलो बाघको हडी सहित तीनजनालाइ आज पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको छ । बाँकी समाचार........
   

प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान व्यूरो, वाइल्ड फाइल कन्सरभेसन नेपाल र जिल्ला प्रहरी कार्यालय पर्साको सहयोगमा वीरगंज उपमहागनरपालिका वडा नम्बर १० बसपार्क स्थित रहेको राज गेष्ट हाउसको रेस्टुरेन्टमा नास्ता खाईरहेको अवस्थामा सुराकीको आधारमा १५ किलो बाघको हडी सहित ३ जनालाइ पक्राउ गरी जिल्ला प्रहरी कार्यालय पर्साको परिसरमा पत्रकार सम्मेलन गरी र्सार्वजनिक गरिएको हो । पक्राउ पर्नेमा सर्लाहीको सिसौट गाविस २ निवासी सैलेन्द्र बस्नेत, र्सलाही २ जवडी निवासी दिपेन्द्र चौधरी र पर्साको सुपौली ९ निवासी जर्सी चौधरी रहेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी निरिक्षक भिमकिरण वोगटीले जानकारी दिनुभयो । वोगटीले मकवानपुरको मनहरीबाट ल्याएको बाघको हडी काठमाण्डौ लैजाने तैयारी गरीरहेको हुनाले हिजो सुराकीको आधारमा पक्राउ गरिएको जानकारी दिनुभयो । प्ररहीका अनुसार १ किलो बाघको हडीको करिब १ लाख मूल्य पर्ने गरिएको बताइएको छ ।

No comments:

Post a Comment