Pages

बिधार्थीहरु द्वारा उच्च माध्यमिक बिधालय बन्द

वीरगंज ११ फागुन/ वीरगंज स्थित हरिखेतान बहुमुखी क्याम्पसका विद्यार्थीहरुको एक समूहले आज वीरगंजको उच्च माध्यमिक विद्यालयहरु बन्द गराएका छन् । बाँकी समाचार..........
   

हिजो विहान बीरगंज पथलैया सडक खण्डमा बाराको परवानीपुरमा रोकि राखेको ट्रकमा मोटरसाइकल ठोक्किदा हरिखेतान बहुमुखी क्याम्पसका दुइ जना विद्यार्थीको मृत्यु भएपछि त्यसको विरोधमा विद्यार्थीहरुले आज उच्च माध्यमिक विद्यालयहरु बन्द गराएका हुन् । बीरगंजका हरिखेतान क्याम्पसमा अध्ययनरत तीन जना बिद्यार्थीहरु चढेको ना.१४.प २४२५ नम्बरको मोटरसाइकल बिपरीत दिशामा रोकिराखेको ना..ख ३४१४ नम्बरको ट्रकमा ठोक्किदा मोटरसाइकलमा सवार जितु चौधरी र हरिहर चौधरीको घटनास्थलमै मृत्यु थियो भने उनीहरु संगै मोटरसाइकलमा सवार रहेको संदिप चौधरी गम्भीर घाइते भएका थिए । गम्भीर घाइते भएका चौधरीको वीरगंज स्थित नारायणी उपक्षेत्रीय अस्पतालमा उपचार गरी थप उपचारका लागि काठमाण्डौ पठाइएको छ ।

No comments:

Post a Comment