Pages

आफु सरकारमा नजाने तमलोपाको सह अध्यक्ष कुश्वाहा














बीरगंज ६ फागुन/ तर्राई मधेश लोकतान्त्रिक पार्टी नेपालका सह अध्यक्ष रामचन्द्र कुशवाहाले बर्तमान सरकार अप्रजातान्त्रिक भएकोले आफूहरु सरकारमा नजाने बताउनु भएको छ । बाँकी समाचार......


आज पत्रकार संमेलन गरी एमाले र एमाओवादीले बाम एकताका रुपमा साठगाठ गरी अगाडी बढेकोले यो सरकारमा नजाने बताउनु भएको हो । उहाले प्रधान मन्त्री झलनाथ खनाल र एकिकृत माओवादी अध्यक्ष प्रचण्ड बीच सुनियोजित रुपमा सात बुदे सहमति गरी तराइका कुनै पनि दलहरुसग सहकार्य नगरेकोले पनि यो सरकारमा नजाने बताउनु भयो । उहाले सात बुदे मध्ये दुइ बुदेमा आफ्नो पूर्ण असहमति रहेको बताउदै उहाले माओवादीले गृहमन्त्री नपाइ सरकारमा नजाने भन्नु राष्ट्रलाइ कब्जा गर्न खोजेको आरोप लगाउनु भयो । एउटा गृह मन्त्रीले मात्र देश कसरी कब्जा गर्न सक्छ -प्रधान मन्त्रीको अण्डरमा गृह मन्त्रि हुन्छ की -गृह मन्त्रिको अण्डरमा प्रधानमन्त्रि हुन्छ - भनी संचारकर्मिहरुले राखेको जिज्ञासामा उहाले प्रधान मन्त्रिको अण्डरमा नै हुने भएकोले ठूलो विवाद नगरेपनि हुने बताउनु भएको थियो ।  

No comments:

Post a Comment