वीरगंज ७ फागुन/ नेपाल पत्रकार महासंघ पर्सा शाखाको गत ४ गते सम्पन्न अधिवेशनमा निर्वाचन समिती तथा समितीमा खटिएका केन्द्रिय पदाधिकारीहरु माथी मतगणना हिनामिना गरेको आरोप लागेको छ । बाँकी समाचार........
अधिवेशनमा निर्वाचन समितीद्वारा बिजय उम्मेदवरलाई रिटोड्लीङ गर्दा पराजय भए पछि निर्बाचन प्रमुख अधिकृत नन्दन यादबले गर्नु भएको मतगणना हिनामिनाको स-प्रमाण उजागर भएको हो । उक्त अधिवेशनका निर्बाचन प्रमुख अधिकृत यादबले पार्षका उम्मेदवार ब्रम्हस्त्र दैनिकका सम्पादक काशीनाथ यादबले ५४ मत प्राप्त गरेको भनी अर्का रेडियो बीरगञ्जका सम्पादक पार्षका उम्मेदवर रामनारायाण प्रसाद कुर्मीले ५५ मत प्राप्त गरेको भनी बिजय घोषणा गरेका थिए । तर उक्त मतगणना गर्ने निर्बाचन प्रमुख अधिकृत यादब तथा महासंघबाट खटि आएका केन्द्रिय प्रतिनीधि बिपुल पोखरेल, महेश दास, नेपाल पत्रकार महासंघ पर्साका पूर्वसभापती शत्रुघन नेपाल, समेतको नियत माथी शंका लागी फेरी पुनः मतगणना गर्दा सम्पादक काशीनाथ यादबले उजुरी दिइएको दुइ दिन पछि आज शनिबार साझ ४ बजे हारेका उम्मेदवार काशीनाथ यादब ५५ मत पाएको देखिन आएपछि बिजय घोषणा भएका छन । त्यस्तै अर्का कार्य समितिका सदस्यका उम्मेदवार प्रणय कुमार साहले ५१ मत प्राप्त गरेर बिजयी घोषणा गरेको भए पनि पुन मतगणना गर्दा प्रणय कुमार साहको ४४ मत देखिए पछि अर्का पराजित उम्मेदवार दिपेन्द्र साह कानुले ४८ मत प्राप्त गरी बिजय भएको बताए पछि निर्वाचन समिति र समितीमा खटिएका केन्द्रिय पदाधिकारीहरुमाथी र्सवत्र शंका उत्पन्न भएको हो । यसरी निर्बाचनमा पाउदै नपाएको मत प्राप्त गरियो भन्दै विजयी घोषणा गरेको र पाएको मत पनि नपाएको भन्दै पराजित भएको भनि बिजय घोषणा गर्ने निर्बाचन समिति र पत्रकारहरुको नियत देखेर सम्पुर्ण संचारकर्मीहरु मर्माहित पनि भएका छन । यसरी कसैको मान प्रतिष्ठ माथिनै घात पुर्याउने गरी भएको यस प्रकारको कार्यलाइ पर्सेलि युवा संचारकर्मीहरुले विरोध जनाउदै आक्रोस पोखेका छन् । उनिहरुले निर्वाचनको प्रकृया चित्तबुझ्दो र विश्वासिलो नभएको भन्दै निर्वाचन समिति र पत्रकार महासंघ विरुद्धमानै अदालतमा रिट हाल्ने तयारी समेत गरेका छन् ।

No comments:
Post a Comment