बीरगंज १७ माघ/ अभियानमुखी मत्स्य उत्पादन कार्याक्रम शुरु गरेपछि बारामा यो बर्षमाछाको उत्पादकत्व बृद्धि भएको छ । बाँकी समाचार........
अभियान शुरु भएपछि जिल्लामा माछाको उत्पादकत्व अघिल्लो बर्षो तुलनमा दशमलव ५ प्रतिशतले बृद्धि भएको जिल्ला कृषि विकास कार्यालयले जानकारी दिएको छ । जिल्लामा यसअघि प्रतिहेक्टर ४ दशमल्व २ मेष्टिकटन माछा उत्पादन हुदै आएकोमा यस बर्षबढेर ४ दशमल्व ७ पुगेको छ । अभियान अन्तरगत माछा पालक किसानलाई कार्यालयलले आर्थिक र प्राविधिक सहयोग उपलव्ध गराउन थालेपछि उत्पादनमा बृद्धि भएको कार्यालयका मत्स्य विकास अधिकृत शुभकरण झाले जानकारी दिनुभयो । अभियानमुखी कार्यक्रम शुरु भएपछि कार्यालयले किसानहरुलाई पोखरी निर्माणकोलागि आर्थिक सहयोग, माछा पालन संवन्धी तालिम र भ्रमणको व्यवस्था गर्दै आएको छ । कार्यालयलले माछा पालक किसानहरुको समुह गठन गरेर यस्तो सहयोग उपलव्ध गराउदै आएको हो । अभियानमुखी कार्यक्रम अन्तरगत यस बर्षजिल्लामा २० हेक्टर नया, ५ हेक्टर क्षेत्रका पुराना र्रर् इटा भट्टाका पोखरी सुदृढीकरण र एक ह्याचरी निर्माण र सेवा केन्द्र र जिल्ला स्तरीय तालिम संचालन गरिएको कार्यालले जानकारी दिएको छ । कार्यालय किसानहरुलाई समुह गठन र बजार व्यवस्थापनमा समेत सहयोग उपलव्ध गराएको छ । अभियानले परम्परागत रुपमा माछा पालन गर्दै आएका किसानहरुको व्यवसायिक सीपमा सुधार आएर उत्पादकत्वमा समेत बृद्धि भएको झाले जानकारी दिनुभयो । जिल्लामा गत बर्षाट यो आयोजन संचालन हुदै आएको हो । बारामा ५ सय ४८ दशमलव ४ सय ८३ हेक्टर क्षेत्रमा माछा पालन हुदै आएको छ । जिल्लाको प्रसौना, ककडी र उमजन र तेतरिया गाविसका किसानले व्यवसायिक रुपमा माछा पालन गर्दै आएका हुन ।

No comments:
Post a Comment