बीरगंज १७ माघ/ नेकपा एमालेको भ्रातृ संगठन यूवा संघ नेपाल पर्साको छैठौं सम्मेलन अनिश्चितकालका लागि स्थगित भएको छ । बाँकी समाचार........
वीरगन्ज उद्योग वाणिज्य संघमा जारी संघको बन्द शत्रमा आज बिहान दुइबजे संघको नेतृत्वको विषयमा कार्यकर्ताहरुबीच विवाद भइ कुटाकुट भएपछि सम्मेलन अनिश्चितकालका लागि स्थगित भएको हो । बन्द शत्रमा यूवा संघ पर्साको अध्यक्ष पदका लागि पाँचजनाले दाबेदारी गरेपछि कार्यकर्ताबीच विवाद चर्किएर झडप भएको थियो । अध्यक्ष्। पदका लागि मन्जुर आलम ए, मन्जुर आलम बी, अजय कुशवाहा, सतिष सिंह र श्याम गुप्ताले दाबेदारी पेश गर्नु भएको थियो । झडपका क्रममा युवा संघका कार्यकर्ताहरुले एक अर्कामा हाताहाल र कुर्सी फालाफाल गर्दै उद्योग वाणिज्य संघ कार्यालयको झयालका शिशाहरु समेत फुटाएका छन् । यूवा संघका केन्द्रिय सदस्य एवम पर्सा संयोजक अनिरुद्ध रावले बन्द शत्रमा नेतृत्वका विषयमा विवाद भएपछि सम्मेलन अनिश्चितकालका लागि स्थगित गरिएको बताउनुभयो ।

No comments:
Post a Comment