Pages

प्रतिबन्धित लागुऔषध अफिम सहित एक पक्राउ

बीरगंज १७ माघ/ वीरगंजको नयाँ बसपार्कबाट ३ ग्राम प्रतिबन्धित लागुऔषध अफिम सहित एकजनालाइ पर्सा प्रहरीले पक्राउ गरेको छ । बाँकी समाचार........
   

पर्साको नगरदहा २ बस्ने ४२ वर्षिय पारस कुमार साहलाइ प्रहरीले पक्राउ गरेको हो । पक्राउ परेका साहमाथि अनुसंधान गरि कारवाहि पकृया अगाडी बढाइने पर्सा प्रहरीले जनाएको छ । यसैगरि पर्साको रामगढवा ६ बाट ठुलौ परिमाणको गाँजा सहित २ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा भारतको उत्तर प्रदेश बलिया निवासि सतेन्द्र सिंह र अरुण सिंह रहेको प्रहरीले जनाएको छ । हिजो साँझ ५ बजे पर्साको विश्रामपुरबाट भारततर्फलैंजादै गरेको अवस्थामा प्रहरीले गाँजा सहित उनिहरुलाइ पक्राउ गरेको बताइएको छ ।

No comments:

Post a Comment