Pages

गरिवी निवारण कोषद्वारा पत्रकार भेटघाट कार्यक्रम














वीरगंज १६ माघ/ चालु आर्थिक वर्षा अब १० वटा जिल्लामा गरिवी निवारण कोष कार्यक्रम लागु हुने भएको छ । बाँकी समाचार.......
  

गरिवी निवारण कोषले आज वीरगंजमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा कोषका उपाध्यक्ष विद्याधर मल्लिकले सो कुरा बताउनु भएको हो । उहाले नेपालको ४० जिल्लामा लागु भएको यो कार्यक्रम अति पिछिडिएका र लक्षित वर्गहरुलाई विशेष गरी समेटी यो वर्षा थप १० जिल्लामा निवारण कोष कार्यक्रम ल्याउने जानकारी दिनुभयो । उहाले युवा वर्गहरुलाई समेटने गरी रोजगार मुलक तालिम र अरु कार्यक्रमहरु लागु गरिने बताउनु भयो । उपाध्यक्ष मल्लिकले अति गरीब समुदायलाइ लक्षित गरी बढी फोकस गर्ने त्यसपछि अलि माथिलो तहको समुदालयलाई र सबन्दा बढी पिछिडिएका मुसहर, चमार, दुसादलाई बढी फोकस दिई कार्यक्रम संचालन गरिने बताउनु भयो । ७५ जिल्लामा गरिवी निवारण कोष कार्यक्रम सचालन गर्ने लक्ष्य रहेकोमा थप ३३ जिल्ला मध्ये यस आर्थिक वर्ष१० जिल्लामा संचालन गरी अर्को वर्षा बाकी जिल्लाहरुमा कार्यक्रम संचालन गर्ने बताउनु भयो । गरिव समुदायहरुमा बाख्रा पालन, भैसी पालन, सिप मुलक तालिम, रिक्सा, तरकारी बारोबार गर्ने लगायतका कार्यक्रमका साथ ०६० सालदेखि लागु भएको कोष कार्यक्रम ०६३ सालदेखि संचालनमा आएको हो । यस कार्यक्रममा लक्षित समुदायहरुले आफै योजना बनाई सम्बन्धी एनजिओ मार्फ कार्यक्रम निकासा गर्न सकिने प्रावधान समेत रहेको बताउनु भयो । स्थानिय पत्रकारहरु संघ भएको भेटघाट कार्यक्रममा कोषका कार्यक्रम प्रमुख रामप्रसाद ढकाल, श्रीराम सुवेदी लगायतको उपस्थिती रहेको थियो ।

No comments:

Post a Comment