बीरगंज २४ माघ/ पर्साको रागढवामा आज बिहान भारतीय नम्बरको टाटा सुमोको ठक्करबाट एक युवक गम्भीर घाइते भएका छन । बाँकी समाचार........
घाइते हुनेमा पर्साको बिश्रामपुर गाबिस वडा नम्बर २ निवासी २४ बर्षीय मुकेश यादव रहेका छन । बीरगंज ड्राइपोर्ट सडक खण्ड अन्तरगत रामगढवा स्थित ओम साइ पेट्रोल पम्प नजिक बिहान करिब ११ बजेको समयमा बी आर ०६२०५२९ नम्बरको भारतीय टाटा सुमोले साइकललाइ ठक्कर दिदा साइकल चालक मुकेश यादव गम्भीर घाइते भएका हुन । दुर्घटनामा उनी संगै साइकलमा सवार रहेका ३ बर्षीय पनि घाइते भएका छन । घाइते मुकेश यादवलाइ प्रहरीले उद्धार गरि उपचारका लागि बीरगंज स्थित नारायणी उपक्षेत्रीय अस्पतालमा पुर्याएको छ भने ठक्कर दिने भारतीय टाटा सुमोको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

No comments:
Post a Comment