बीरगंज १७ माघ/ राजश्व छलेर अवैध रुपमा भारतिय कम्पनिका मोवाईल र टेलिफोन संचालन गरीरहेको जानकारी पाए पछि आज नेपाल टेलीकमका कर्मचारी र प्रहरीको सक्रृयतामा वीरगंजको वाईपास र घण्टाघर क्षेत्रमा छापामारि ४ जना पिसिओ संचालकलाई पक्राउ गरेको छ । बाँकी समाचार........
राजश्व छलि अबैध रुपमा भारतिय टेलिफोन संचालन गरिरहेको जानकारी पाएर सो क्षेत्रका पिसिओहरुमा छापामारि गरी उनिहरुलाइ पक्राउ गरेको हो । छापामारीका क्रममा घण्टाघर नजिक रहेको लक्कि पिसिओ, प्रभु पिसिओ तथा बाईपास क्षेत्रको प्रमोद किराना स्टोर र जनसेवा केन्द्रका ४ जना संचालकलाइ पक्राउ गरीएको छ । पक्राउ पर्नेमा वीरगंज श्रीपुरका शेखराज अहमद, भिस्वाका प्रमोद साह, जिल्लाकै सम्भौता गाविसका प्रभुसाह कानु र अर्का एक जना रहेका छन् । उनिहरुलाई पक्राउ गरी जिल्ला प्रहरी कार्यालय पर्साको हिरासतमा राखिएको छ । छापामारिमा नेपाल टेलिकम क्षेत्रिय निर्देशक देवनारायण यादव, उपप्रबन्धक अमरनाथ झा, वीरगंज साखाका प्रमुख रामानन्द कर्ण लगायत स्थानिय प्रहरी अधिकारीहरुको सहभागिता रहेको थियो । यस क्षेत्रका पिसिओबाट सचालनमा रहेका भारतिय टेलिफोन नम्वरबाट उद्योगि व्यापारी तथा विभिन्न व्यक्तिहरुलाई ज्यान मार्ने धम्कि तथा विभिन्न किसिमका अवैध काम हुने गरेका थिए राजश्व छलि र सुरक्षाको दृष्टिकोणले जोखीम रहेका यस्ता पिसिओहरुलाई कारवाहि स्वरुप छापामारिएको र भारतिय टेलिफोन मेसिन र सिमकार्डहरु बरामद समेत गरीएको छ ।

No comments:
Post a Comment