बीरगंज २८ माघ/ लोडसेडिङ्गले गर्दा प्लाष्टीक उधोगहरु धरासाहि भएको भन्दै प्लाष्टीक उधोगी ब्यवसायीहरुले आज बिहान ३ घण्टा बीरगंज बजार बन्द गराएका छन । बाँकी समाचार.........
बिहान प्लाष्टीक ब्यवसायीहरुको समुहले मायकिङ्ग गर्दै बिहान ९ बजे देखि १२ बजे सम्मका लागि बजार बन्द गरि सहयोग गरिदिन आग्रह समेत गरेका थिए । मुख्य बजारको समुर्ण कारोबार १२ बजे सम्म ठप्प बनेको थियो । संघका जिल्ला अध्यक्ष कुवेर गुप्ताको नेतृत्वमा रहेका व्यवसायीहरुले लोड सेडिङ्को समय घटाउनु पर्ने, लाईन टि्रपिगको समस्या हटाउनु पर्ने, डिमान्ड शुल्क मिनाहा हुनु पर्ने, २४ घण्टामा एक पटक मात्र लोडसेडिङ गराउनु पर्ने लगायतका माग राख्दै बजार बन्द गराएका हुन । वीरगंजमा १ सय ५० भन्दा बढीको संख्यामा रहेको प्लाष्टिक उद्योगहरुलाई दुइ पटक हुने गरेको लोडसेडिङले उद्योग संचालनमा निकै कठिनाई भइरहेको र प्रत्येक दिन प्रति उद्योगमा हजारौ भन्दा बढीको आर्थिक नोक्सानी भोग्नु परेकाले आफुहरु आन्दोलनमा उत्रन बाध्य भएको बताएका छन ।

No comments:
Post a Comment