बीरगंज २८ माघ/ समाजिक संस्था लुमन्ती आवासको लागि सहयोग समूह पर्साले आफनो ०६२ सालदेखि ०६७ सालसम्मको सामाजिक लेखाजोखा तथा परियोजना समापन कार्यक्रम आज होटल मकालुमा सम्पन्न भएको छ । बाँकी समाचार.........
समापन कार्यक्रममा लुमन्तीका फिल्ड संयोजक यज्ञराज कार्कीले शहरी गरिब तथा पछिडीएर रहेका दलित समुदायलाई लक्षित गरी वीरगंज उपमहानगरपालिका भित्रका १७ वटा समुदायका १५ सय ९१ घर धुरीमा कुल ८ हजार ४ सय सदस्य रहेको बताउनु भएको छ । उहाले क्ष्ँतिवर्गको उन्नतिको लागि वीरगंज उपमहानगरपालिकाको सहयोगमा ९ लाख र लुमन्तीले ८ लाख ९० हजार जम्मा गरी शहरी समुदायिक विकास कोष गठन गरेको र यस कोषबाट आफनो विकासको लागि लोनलिन सकिने जानकारी दिनुभयो । संयोजक कार्कीले लुमन्तीले गरिब जनताविच समुह खडा गरी एकता महिला बचत तथा ऋण सहकारी सस्था गठन गरी हाल सम्म यसको १८ सय सदस्य रही कुल ७३ लाख बचत गराएको बताउनु भयो । उहाले यस सस्थाले विरगंज उपमहानगरपालिका वडा नम्बर १ छपकैयाको शान्तिटोलका वासीन्दाहरुलाई जग्गा उपलब्ध गराइ अक्काको सहयोगमा २२ समुदायहरुलाइ घर निर्माण गर्न लगाएको, विभिन्न समुदायहरुमा विद्यालय निर्माण, रिक्सा वितरण, चापाकल, चर्पी, बाथरुम, सडक निर्माण, ६ वर्षो अवधिमा १७ वटा समुदायमा प्रत्येक दिन २ घण्टाको दरले २१ वटा बाल शिक्षण केन्द्र सचालन गरी ११ सय ४६ बालबालिकालाई विद्यालय भर्ना, १७ वटा स्वास्थ्य समिती गठन गरी समितीको अगुवाईमा नै सामुदायिक स्वास्थ्य तथा सरसफाई कार्यक्रम संचालन गरेको, स्वास्थ्य क्याम्प खडा गरी ९ सय ९३ जना लाभान्वित भई २ जना एचआईभि संक्रमित रोगी फेला परेको, फोहरबाट मोर बनाउने लगायत विभिन्न कार्यक्रमको साथ युवा समूह गठन गरी समाजिक विकासको लागि परिचालन गरी लुमन्तीका ठाउमा अव उप्सले सोहि कार्यक्रम अगामी दिनमा संचालन गरिने जानकारी दिनुभयो । उहाले सस्थाको योजनाको सफल बनाउन विभिन्न पत्रकार, राजनितिक दल, वीरगंज उपमहानगरपालिका लगायत विभिन्न संघसस्थाहरुको अपरिहार्य सहयोग रहेको समेत बताउनु भयो । कार्यक्रममा लुमन्तीका कार्यक्रम व्यवस्थापक महेन्द्र जोशी, वीरगंज उपमहानगरपालिको कार्यकारी अधिकृत शिवदत्त भटराइ, नेपाली कांग्रेसका अजय दुवेदी, फोरम नेपाल पर्साका जिल्ला अध्यक्ष शशिकपुर मिया, नेकपा मालेका शत्रुघन उपाध्याय, नेकपा संयुक्तका रामराज्य जैसवाल, नेकपा एमालेका अरविन्द सिंह, करेन्टका राजेन्द्र कोइराला उत्तरोउत्तर प्रगतीको कामना गर्दै अगामी दिनमा यसलाई अझ प्रभावकारी बनाइ समाजमा देखिएका क्ष्ँतिवर्गको उन्तीगरोस भन्ने कामना गरेका थिए ।

No comments:
Post a Comment