वीरगंज २९ माघ/ लुमन्ती तथा वीरगज उपमहानगरपालिका द्धारा प्रवद्धित एकता महिला बचत तथा ऋण सहकारी सस्थाको आज तेश्रो साधारण सभा वीरगंजको नगरसभागृहमा सम्पन्न भएको छ । बाँकी समाचार.........
संस्थाका अध्यक्ष मोमिता खातुनको अध्यक्षतामा सम्पन्न भएको साधारण सभा एव विदाई कार्यक्रममा सस्थाका कोषाध्यक्ष आस्मा खातुन र मनिषा शर्माले संयुक्त रुपमा सहकारी सस्थाको आर्थिक वर्ष०६६/०६७ वाषिर्क प्रतिवेदन प्रस्तुत गरेको थिए । प्रतिवेदनमा सस्थाले गर्त वर्षकुल बचत ४ लाख १५ हजार ६ सय रहेकोमा असार मसान्त सम्ममा नियमित बाल ऐच्छिक स्वास्थ्य, पुरुष, दैनिक बचत संकलन गरी ३७ लाख ३० हजार ६ सय ५२ रुपैया रहेको बताएका छन । त्यसैगरी शेयर पुजि ८ लाख ६० हजार ४ सयबाट बृद्धि भई कुल ७३ लाख ५६ हजारमा पुगेको बताउदै उनिहरुले यस आर्थिक वर्षम्म कुल २ करोड ३६ लाख २८ हजार ८ सय ४० ऋण प्रभाव भएकोमा हाल ९२ लाख ५३ हजार ९ सय रुपैया लगानीमा रहेको बताएका छन । यस सस्थाले ३ लाख ५५ हजार ५० मुनाफा गरी हालसम्म १ हजार १ सय ९५ सदस्य बनाई सकेको र ०६७/०६८ मा शेयर सदस्य १ हजार ५ सय बनाउने लक्ष्य रहेको जानकारी दिईएको थियो । गतवर्षकुल शेयर पुजी ८ लाख ६० हजार ४ सय रहेकोमा नया तथा पुराना सदस्यबाट शेयर थप गरी १३ लाख ५ हजार २ सय बनाउने लक्ष्य राख्दै बचत संकलनमा यस आर्थिक वर्षा नियमित, बाल, ऐच्छीक, स्वास्थ्य, पुरुष, विशेष दैनिक बचतबाट कुल ३७ लाख १८ हजार ६ सय ५२ बनाउने लक्ष्य रहेको छ । सहकारी सस्थाले संचालक समितीको सदस्यहरुलाई कार्यालय व्यवस्थापन तालिम संचालन, यसवर्षा २ वटा सिपमुलक तथा आय मुलक तालिमको आयोजना गर्ने, बाल बचत, पुरुष बचत समूहका सदस्यहरुलाई प्रोत्साहन गर्नका लागि बौद्धिक तथा मानसिक विकासका लागि प्रतियोगितात्मक कार्याक्रम आयोजना गर्ने लगायतका भावी योजनाहरु अगाडी सारेको बताईएको थियो ।

No comments:
Post a Comment