Pages

क्रिकेट प्रतियोगिता आज देखि वीरगंजमा शुरु





वीरगंज १२ फागुन / फुलकुमारी महतो मेमोरियल ट्रष्टको आयोजनामा महतो ग्रुप -एम.जि) ट्रफी २०११ राष्ट्रिय टि ट्वान्टी टुनामेन्ट क्रिकेट प्रतियोगिता आज देखि वीरगंजमा शुरु भएको छ । बाँकी समाचार.........
   

पहिलो खेलमा क्षेत्र नम्बर २ वीरगंज र क्षेत्र नम्बर ८ पोखरा विच भएको छ । वीरगंजको नारायणी रशालामा शुरु भएको क्रिकेट प्रतियोगितामा पोखराले टच जिती पहिलो व्याटिगर्दै १९ ओभर १ बलमा ८१ रन बनाई पुरै विकेट गुमाएको थियो भने ८२ रनको विजय लक्ष्य राखी विरगंजले दोश्रो व्याटिगरेको थियो । सो खेलमा वीरगंजले १८ ओभर ४ बलमा ४ विकेट गुमाई ८५ रन बनाउदै ६ विकेटले म्याच जित्न सफल भएको हो । आजको खेलमा क्षेत्र नम्बर २ वीरगजका नारायण पटेलले ४ ओभरमा २३ रन बनाउदै ५ विकेट लिएर म्यान अफ दि म्याच घोषित भएका थिए । पोखराको तर्फाट शैलेश श्रीवास्तवले सबभन्दा बढी ३६ बलमा २२ रन बनाएका थिए । भोली क्षेत्र नम्बर २ वीरगंज र क्षेत्र नम्बर ५ नेपालगंज पहिलो खेलमा भिडने छन भने दोश्रो खेल भोली नै क्षेत्र नम्बर ८ पोखरा र क्षेत्र नम्बर ४ भैरहवा विच हुने छ । आज सम्पन्न प्रतियोगिताको उदघाटन महतो समूहका अध्यक्ष डाक्टर उपेन्द्र महतो र महतोका श्रीमती समता महतोले संयुक्त रुपमा गर्नुभएको थियो । उदघाटन कार्यक्रममा राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव हरिबाबु चौधरी, हास्य कलाकार (महजोडी) मदनकृष्ण श्रेष्ठ र हरिवंश आर्चाय, नेपाल क्रिकेट संघका अध्यक्ष विनयराज पाण्डे, चरचित पत्रकार विजय कुमार पाण्डे, रविन्द्र मिश्र, ओलम्पीक सदस्य सुनिल राज कणिर्कार लगायतको उपस्थिती रहेको थियो । उदघाटन सत्रमा जि.एच.पि मावि, सेन्जेभियर्स र गौत्तम माविका बालबालिकाहरुले नृत्य प्रस्तुत गरेका थिए । नेपालको क्रिकेट तथा यस जगतमा उदयीमान खेलाडीहरुको चौतर्फी विकासको मुल लक्ष्य लिई क्रिकेट प्रतियोगिताको आयोजना गरिएको महतो समूहले जनाएको छ । फागुन २१ गतेसम्म चल्ने प्रतियोगितामा वीरगज, भैरवाहा, पोखरा, नेपालगंज, काठमाण्डौ, जनकपुर, बैतडी, विराटनगरका समूहहरुको सहभागिता रहने र प्रथम विजय समूहलाई १ लाख दोश्रो विजय समूहलाई ५० हजार नगर पुरस्कार दिने आयोजकले घोषणा गरेको छ ।

No comments:

Post a Comment