Pages

सात बुन्दे सहमती आफनो पार्टीलाइ मान्य नहुने - अध्यक्ष जबरा












वीरगंज १२ फागुन/ राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्दिंय अध्यक्ष पशुपति शम्शेर जबराले माओवादी र एमाले विच भएको सात बुन्दे सहमती आफनो पार्टीलाइ मान्य नहुने बताउनु भएको छ । बाँकी समाचार.........


रिपोर्टस क्लब पर्सा शाखाले आज वीरगंजमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै जबराले सातबन्दे सहमती मध्ये अलग फोर्स र दिर्घकालिन आलोपालै प्रधानमन्त्री बन्ने सहमती एकदमै आफनो पार्टीलाइ मान्य नहुने बताउनु भयो । उहाले एमाले र माओवादी विच भएको सहमती मध्ये अलग फोर्स बनाएमा इमान्दारिता पूर्वक समायोजन हुन नसक्ने र नया सविधान तिन महिना बन्न बाकी रहेको अवस्थामा यदी इमान्दीरता पूर्वक सहमती गरेर तोकिएको समयमा सविधान र शान्ति प्रकृया टुङगोमा लगाउन सकिन्छ भन्ने दिर्घकालिन आलोपालो प्रधानमन्त्री बन्ने सहकमती किन चाहियो भन्दै यी सहमती आफनो पार्टीलाइ कुनै पनि हालतमा मान्य नहुने बताउनु भयो । अध्यक्ष जबराले ८ महिना तिनठूला दलको गाईजात्रै नौटंकीका कारण मुलुक अस्तव्यस्त भई अहिले अत्यन्तै भयावह स्थितिबाट गुज्रिरहेको आरोप लगाउनु भयो । उहाले ८ महिना मध्ये एक महिना एमाले र माओवादीको गृहमन्त्रालयको झगडाले गर्दा प्रधानमन्त्री एकलौटी भएको र मन्त्रीमण्डल समेत गठन नगरेको जसको कारण अहिले सम्म सरकार बन्न नसकेको अवस्था रहेको बताउनु भयो । अध्यक्ष जबराले तिन ठूला दलको अदुदर्शिताकै कारण अपार जलस्रोतको धनी मुलुकका जनताले १४ घण्टा लोडसेडिगंको मार खेपिरहेकोमा चिन्ता व्यक्त गर्दै अहिले मुलुकमा केवल एक तिहाई मात्र उज्यालो बाकी रहेकाले र आम्दनी कम र महगी बढेकोले यो देशको आर्थिक, सामाजिक विकास धरापमा नै पर्न सक्ने दावी गर्नुभयो । माओवादीले आफू सरकारमा जाने भनिरहेको छ तर यथास्थितीमा मात्र यो बार्गेनिगरी वाहिरबाट मात्र र्समर्थन गरीरहेको आरोप लगाउनु भयो । उहाले एमाले र माओवादीको नौटंकीको बार्गेनिनसिधेको र यो कायमै अवस्था रहे मुलुक सही दिशा लिन नसक्ने दावी गर्नुभयो । अध्यक्ष जबराले नौटंकी गरेर मुलुक अस्तव्यस्त पार्ने काम नगर्न आग्रह समेत गर्नुभयो ।

No comments:

Post a Comment