Pages

रहस्यमय तरिकाले युवकको हत्या

वीरगंज ११ फागुन/ वीरगंज उपमहानगरपालिका आदर्शनगर पुरानो बसपार्क नजिक रहेको एक कवाडी पसलमा आज विहान एक युवकको शव फेला परेको छ । बाँकी समाचार..........
   

मृत्यु हुनेमा वीरगन्ज वडा नम्बर ५ निवासी १८ बषिर्य विक्की गुप्ता रहेका छन् । मृतक आफ्नो भिनाजु मोहन गुप्ताको कवाड पसलमा आज विहान शव फेला परेको हो । मृतक गुप्ताको शरीरभरी निलडाम रहेकोले निजलाई कुटपिट गरी हत्या गरिएको हुनसक्ने प्रहरीले अनुमान गरेको छ । मृतक गुप्ताको शवलाई पोष्ट मार्टमका लागि वीरगन्ज उपक्षेत्रीय अस्पतालमा राखिएको छ भने सो घटनामा संलग्न रहेको आशंकामा दुइजनालाइ पर्सा प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारत सितामढीका रामेश्वर मण्डल र वीरगन्ज निवासी शत्रुध्न श्रीवास्तव रहेका छन् । पक्राउ परेका दुवैलाई आवश्यक अनुसन्धानकालागि जिल्ला प्रहरी कार्यालय पर्सामा राखिएको प्रहरी निरिक्षक भिम किरण बोगटीले बताउनुभयो ।

No comments:

Post a Comment