Pages

आपसी खिचातानीका कारण समयमै संविधान निर्माण नहुने आशंका -अध्यक्ष थापा

बीरगंज २ फागुन/ राष्ट्रिय जनशक्ति पार्टीका अध्यक्ष सुर्य बहादुर थापाले दलहरुको आपसी खिचातानीका कारण समयमै संविधान निर्माण नहुने आशंका बढदै गएको बताउनु भएको छ । बाँकी समाचार..........


बीरगंजमा पत्रकारसग आज बिहान कुरा गर्दे अध्यक्ष थापाले प्रमुख ३ दल सत्ता मोहमा लागेका कारण शान्ति र संबिधान आझेलमा परेको बताउनुभयो । पूर्व प्रधानमन्त्री समेत अध्यक्ष थापाले अहिले नै माओबादीलाइ गृह मन्त्रालय दिइ हाल्न नहुने जिक्किर गर्नुभयो । एमाले अध्यक्ष झलनाथ खनाल र माओबादी अध्यक्ष प्रचण्डबिच भएको ७ बुदे सम्झौता आफुहरुलाइ मान्य नहुने उहाले दोहोरयाउ नुभयो । राजनितिमा बामपन्थीहरुको गठबन्धनका कारण प्रजातान्त्रिक शक्तिहरु कमजोर हुदै गएको उहाको ठम्याइ छ ।

No comments:

Post a Comment