Pages

प्रहरी र स्थानिय बासिन्दाविच झडप

बीरगंज २ फागुन/ पर्साको महुवन प्रहरी चौकिका प्रहरी र स्थानिय बासिन्दाविच आज झडप भएको छ । बाँकी समाचार..........
   

झडपमा परि ४ जना प्रहरी र्घाईते भएका छन् । घाइते हुनेमा सोहि प्रहरी चौकिमा कार्यरत प्रहरी जवान पदमलाल चौधरी, लालबहादुर राउत, प्रमोद गिरी लगायत रहेको त्याहा स्थित हाम्रा सहकर्मिले जनाएका छन् । गत शनिवार महुवन १ का यादव पटेलले लु १ त ५८९४ नम्वरको ट्रेक्टरमा भारत तर्फढुङ्गा लगीरहेको अवस्थामा उनलाइ नियन्त्रणमा लिई प्रहरीले निर्घात कुटपीट गरेको भन्दै सोको विरोधमा उत्रिएका उनका आफन्त र गाउँलेहरुले प्रहरी चौकि घेराउ गर्दै प्रहरीमाथी कुटपिट गरी र्घाईते बनाएका हुन् । घटनास्थलमा अहिले सुरक्षा बेस क्याम्प पोखरीया टोलि पुगेको र घटनालाई नियन्त्रणमा लिएको बताईएको छ ।

No comments:

Post a Comment