Pages

मेडिकल सुपरिटेन्डेड र प्रशासन शाखामा अनिश्चितकालीन तालाबन्दी

बीरगंज १९ माघ/  वीरगंजस्थित नारायणि उपक्षेत्रिय अस्पतालका कर्मचारीहरुले अस्पतालका मेडिकल सुपरिटेन्डेड डा.विद्यापती कण्ठको कार्यकक्ष र अस्पतालको प्रशासन शाखामा आजदेखि अनिश्चितकालीन तालाबन्दी गरेका छन् । बाँकी समाचार........


अस्पतालका मेडिकल सुपरिटेन्डेड डा.विद्यापती कण्ठले गैर कानुनी रुपमा अस्पतालको पियनमा नियुक्ती गरेका ४ जना कर्मचारीको नियुक्ती खारेज गर्नुपर्ने माग गर्दै उनिहरुले अनिश्चितकालीन तालाबन्दि गरेका हुन् । कर्मचारीहरुले अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट कण्ठले अस्पतालको पियनमा विजय कुमार थापा, संतोष कुमार चौरसिया, दिपेन्द्र सिंह राजपुत र सजय कुमार कुर्मीलाई गैर कानुनी रुपमा रकमको भरमा नियुक्ती गरेको दावी गरेका छन् । कुनैपनि व्यक्तिलाई नियुक्ती गर्दा ३५ दिने र्सार्वजनिक सुचना जारी गर्नुपर्ने, अस्पताल विकास समिती र बोर्डमा जानकारी गराउनुपर्नेमा मेडिकल सुपरिटेन्डेन्ट कण्ठले कुनै किसिमको कसैसंग छलफल नै नगरी आफनो मनोमानी ढगले रकमको लेनदेनमा नियुक्ती गरेको भन्दै उनिहरुले नियुक्ति खारेज नगरेसम्म तालाबन्दि जारी राख्ने बताएका छन् । विगत २ वर्षेखि अस्पतालमा निशुल्क सेवा पुर्‍याए बापत ०६७ साल कार्त्तिक ८ गते नियुक्त गरीएको फुल कुमारी साहलाई स्थानियवासीले रकमको चलखेलमा नियुक्त गरेको भन्दै दबाब दिएकाले मेडिकल सुपरिटेन्डेन्टले ०६७ साल कार्त्तिक १० गते साहको नियुक्ती खारेज गरी सोहि कार्त्तिक १३ गते आफनो मनोमानी ढंगले गोप्य रुपमा विभा सिंहलाई नियुक्ती गरेका थिए । यता अस्पतालमा कार्यरत ४ जना गार्डहरुले आफूहरुले ८ वर्षेखि अस्पतालमा ४ हजारको रकममा काम गर्दै आईरहेको भन्दै नियुक्ती गर्न माग गर्दा नियुक्ती गरी दिने आवश्वासन मात्र दिदै आएको भन्दै सुपरिटेन्डेन्टले नियुक्त गरेको ४ जनालाई तत्काल नियुक्ती खारेज गरी आफूहरुको नियुक्ती गनुपर्ने माग गरेका छन । अस्पतालमा विगत ८ वर्षदेखि महेन्द्र पासवान, शिवनाथ यादव, ज्ञानी प्रसाद गुप्ता र रामजी साह गार्डको रुपमा कार्यरत रहेका छन ।

No comments:

Post a Comment