Pages

बिधिको शासन र कानुनी राज्य स्थापना हुनु पर्छ - अध्यक्ष बिष्ट














वीरगंज १९ माघ/  प्रेस चौतारी नेपालका केन्द्रिय अध्यक्ष गंगन विष्टले विधिको सासन र कानुनी राज्यको स्थापना हुनुपर्छ त्यसो भयो मात्र सम्पूर्ण नागरिकको अधिकार सुनिश्चित गर्नु पर्ने बताउनु भएको छ । बाँकी समाचार........
बीरगंज उधोग वाणिज्य संघको सभाकक्षमा आयोजित प्रेस चौतारी नेपालको मध्यमाञ्चल भेलाको उदघाटन सत्रलाइ सम्बोधन गर्दै अध्यक्ष विष्टले हामी हाम्रो अधिकार श्रीपेच लगायका र नलगायका कुनै पनि अधिनाय कत्वको षडयन्त्रमा नफसि शान्ति र सविधान निकर्षा पुर्‍याउन तर्फआवश्यक दबाब दिइ रहन्छौ र दिनुपर्ने बताउनु भयो । वहाले नेपाली प्रेस नत अधिनायकवादलाई चाहन्छ नत प्रेस स्वतन्त्रलाइ हनन हुन दिन्छ भन्दै कुनै पनि अधिनायकत्वको अधिनमा प्रेस स्वतन्त्रलाई रहन नदिने दावी गर्नुभयो । शान्ति प्रकृया तार्किक निर्कषमा पुग्नु पर्छ र निर्धारित समयभित्र सविधान बन्नु पर्छ भन्दै अध्यक्ष बिष्टले प्रेस स्वतन्त्र नभए सम्म कुनै पनि नागरिकको हक अधिकार सुनिश्चित हुन नसक्ने बताउनु भयो । उदघाटन सत्रमा नेपाल पत्रकार महासंघका सल्लाहकार शिव गाउलेले पत्रकारहरु व्यवसायिकता प्रति निस्ठावान र आचरण द्धारा सुदृढ बन्न सक्नु पर्छ भन्दै व्यवसायीकताको पक्षलाई सुदृढ र समुन्नती तर्फलैजान आफैभित्र गहन परिवर्तन गर्नुपर्ने कुरामा जोड दिनुभयो । नेपाल पत्रकार महासंघका पूर्व महासचिव एव न्यूनतम पारिश्रमिक निर्धारण समितीका अध्यक्ष महेन्द्र विष्ठले संचारकर्मीहरुले पत्रकारितालाइ चुस्त दुरुस्त बनाउन र राज्यलाइ सहि दिदा तर्फअग्रसर गराउन अहम भुमिका खेल्नुपर्छ भन्नु भयो । प्रेस चौतारी नेपालका मध्यमाञ्चल संयोजन समितीका संयोजक राजेन्द्र अर्यालको अध्यक्षतामा भएको कार्यक्रममा प्रेस चौतारी नेपालका महासचिव विष्णु रिजाल, नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य महेश दास, नेपाल पत्रकार महासंघ पर्सा शाखाका अध्यक्ष शत्रुधन नेपाल, सचिव केसी लामिछाने र प्रेस चौतारी नेपालका केन्द्रिय सदस्य लालबाबु शेख लगायतले मन्तव्य दिनु भएको थियो । कार्यक्रममा प्रेस चौतारी नेपाललाइ पर्साबाट योगदान पुर्‍याएबापत सम्मान गर्दै अध्यक्ष विष्टले महेश दास, शत्रुधन नेपाल र श्याम बन्जारालाइ उपहार सहित सम्मान गर्नु भएको थियो ।

No comments:

Post a Comment