Pages

अंकुश दैनिक पत्रिकाको १० औ वाषिर्कोत्सवको सम्पन्न













वीरगंज १६ माघ/ आफ्नो १० औं वाषिर्कोत्सवको अवसरमा आज वीरगंजबाट प्रकाशित हुने अंकुश दैनिक पत्रिकाले वीरगंज स्थित होटल मकालुमा शहिदको सपना र नयाँ संविधान विषयक अन्तकृया कार्यक्रम सम्पन्न गरेको छ । बाँकी समाचार.......
   

अंकुश दैनिकका संस्थापक एवं प्रबन्ध निर्देशक दिपेन्द्र चौहानको अध्यक्षतामा सम्पन्न कार्यक्रममा बोल्दै बक्ताहरुले दलहरु शहिदको सपना पुरा गर्न भन्दा आफ्नो सपना पुरा गर्न तर्फअग्रंसर रहेको आरोप लगाएका छन् । उनिहरुले प्रमुख दलहरुले शहिदको बलिदानिबाट आएको लोकतन्त्रको गलत प्रयोग गरेर देशमा अराजकता निम्त्याउनुका साथै आफ्नो व्यक्तिगत स्वार्थमा परेर संविधान निर्माणमा ढिलाइ गरेको आरोप समेत लगाएका छन् । बक्ताहरुले संविधान निर्माणका लागि छुट्याइएको २ वर्षो अवधिमा संविधान निर्माण नगर्नाले दलहरुप्रतिको जनताको विश्वास घटेको र थपिएको समयमा पनि संविधान नबन्ने शंका भइसकेको बताएका छन् । नेपाल पत्रकार महासंघ पर्साका पुर्व उपसभापति इश्वर चन्द्र गौतमको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा पुर्व शिक्षा मन्त्री रामचन्द्र कुशावाहा, नेपाल वार एसोसिएसन पर्साका अध्यक्ष विनय सिंह, सदंभावना पार्टी पर्साका अध्यक्ष निजामुद्दिन समानि, एकीकृत माओवादीका पर्सा प्रतिनिधि बाबुराम कौशिक, वरिष्ठ पत्रकार मुकुन्द आचार्य, नेपाल पत्रकार महासंघका सभापति शत्रुघन नेपाल लगायतले बोल्नु भएको थियो । कार्यक्रममा बक्ताहरुले पत्रिकाको उत्तरोत्तर प्रगतिको कामना समेत गर्नुभएको छ ।

No comments:

Post a Comment