Pages

पर्साका पत्रकारहरु द्वारा प्रजिअलाइ ज्ञापन

















बीरगंज ११ माघ/ संचारकर्मिको सुरक्षाको माग गर्दै नेपाल पत्रकार महासंघ पर्सा शाखाले आज पर्साका प्रमुख जिल्ला अधिकारीलाइ ज्ञापन पत्र बुझाएको छ । बाँकी समाचार.......


पर्सा शाखाका सभापति शत्रुधन नेपालको नेतृत्वमा गएको संचारकर्मीको टोलीले जिल्ला प्रसासन कार्यालय पर्साका प्रसासकिय अधिकृत गणेश प्रसाद अर्याल मार्फ प्रमुख जिल्ला अधिकारीलाई सो ज्ञापन पत्र बुझाएका हुन् । यता ज्ञापन पत्र बुझ्दै प्रशासकिय अधिकृत अर्यालले घटना बारे वीरगंज स्थित भारतिय दुतावासलाइ पत्राचार गरी आवस्यक कारवाहिका लागी पहल गर्ने आश्वासन दिनु भएको थियो । उहाँले संचारकर्मीको सुरक्षाको व्यवस्था मिलाउने प्रतिबद्धता पनि व्यक्त गर्नु भएको थियो । समाचार प्रकासनको विषयलाई लिएर वीरगंज बाट प्रकासित हुने जनप्रतिविम्ब दैनिकका प्रकासक एव सहसम्पादक सन्जय साहलाई गए राति अज्ञात व्यक्तिले भारतिय नम्वरबाट फोन गरि ज्यान मार्ने धम्कि दिएको थियो । साहलाइ गए राति अज्ञात व्यक्तिले भारतिय नम्वर ९१८६०३३९०५५८ बाट टेलिफोन गरी जथाभावि समाचार प्रकासीत गरेको भन्दै ज्यान मार्ने धम्कि दिएको थियो । यसैविच नेपाल आम संचारमञ्च फोमन पर्सा, क्रियाशील युवा पत्रकार मन्च पर्सा, रिपोर्टस क्लब पर्साले घटनाको विरोधमा एक्यबद्धता जनाई घोर भर्त्सना गरेको छ । साथै घटनामा संलग्न दोषी पत्ता लगाई कडाभन्दा कडा कानुनी कारवाही गर्न समेत माग गरेको छ ।

No comments:

Post a Comment