Pages

जातिय जनगणना शुरु

बीरगंज ११ माघ/ नेपाल गोंड उत्थान समाजले बारा र पर्सामा आजबाट आफनो जातिय जनगणना शुरु गरेको छ । बाँकी समाचार.......


समाजले नेपाल गोंड युवा समाजको अगुवाईका २/२ जना रहने गरी ४ वटा समुह बनाई पर्साको लहावर थकरीबाट जनगणना शुरु गरेको हो । समुहमा गोंड युवा समाजका जितेन्द्र साह, राकेश साह, ओम बाबु साह, दिपेन्द्र साह गोंड लगायतका रहेका छन् । आदीबासी जनजाती अन्तरगत पर्ने बारा र पर्सामा मात्र बसोबास रहेको गोंड जातीको संख्या, शैक्षिक प्रगति, आर्थिक प्रगति तथा जातिय बिकास बारे तथ्याङक आदीबासी जनजाती महासंघमा बुझाइ
आफनो हक अभिकार सुनिश्चित गर्न जातिय जनगणना गर्न लागिएको समाजका केन्द्रिय अध्यक्ष महन्थ साह गोंडले बताउनु भयो ।

No comments:

Post a Comment