Pages

कृषि मन्त्री द्वारा तरकारी बजारको उदघाटन














बीरगंज ११ माघ/  कृषि तथा सहकारी राज्यमन्त्री करिमा बेगमले कृषि बजारको पूर्वाधार निर्माणको लागि आफनो मन्त्रालयबाट १ करोड निकासा गराउन पहल समेत गर्ने बताउनु भएको बताउनु भएको छ । बाँकी समाचार.........




वीरगंजको नगवामा निर्माण हुन लागेको कृषि उपज थोक तरकारी बजारको आज एक समारोह बीच शिलान्या गर्नु हुदै मन्त्री बेगमले निर्माण हुन लागेको कृषि बजार मार्फ आयश्रोत बढाउन सकिने भएको हुनाले निर्माण कार्यलाई सवैले हातोमालो गरी अगाडी बढाउनु पर्ने आवश्यक रहेको बताउनु भयो । वहाले कृषि तथा सहकारी मन्त्रालयले पर्सामा कृषि प्रवन्धनको लागि सानो ट्बेल, प्याज मिसन, माछा मिसन लगायतका विभिन्न योजना लागु भएको जानकारी समेत गराउनु भयो । मन्त्री बेगमले वीरगंज उपमहानगरपालिकाले उपलब्ध गराएको ४ विघा १७ कठा जग्गामा वीरगंज उधोग वाणिज्य संघ र कृषि विकास कार्यालयको सयुक्त लगानीमा निर्माण हुन लागेको सो बजारको शिलान्यास गर्नु भएको हो । कार्यक्रममा वीरगंज उद्योग वाणिज्य संघको अध्यक्ष अशोक टेमानीले बारा र पर्सा लगायतका जिल्लाहरुका किशानहरुको उपजहरुलाई प्रत्यक्ष रुपमा बजारमा राखी त्यसको उपजको सही मूल्य पाउन सकिने र व्यवसायीकरण राम्रो हुने भएको उदेश्यले सो बजारको निर्माण गर्नलागिएको बताउनु भयो । अध्यक्ष टेमानीले कृषी बजार निर्माण गर्नको लागि कृषि तथा सहकारी मन्त्रालयले ५० लाख बजेट निकासा गरे पनि हाल १० लाख पठाएको हुनाले यसको काम पक्रिया अगाडी बढाएको बताउनु भयो । कृषि बजारलाइ देशको नमुनाको रुपमा अगाडी बढाउने लक्ष्य रहेको हुनाले ५ वर्षो निर्माण अवधिमा करिब १० करोड सम्म खर्च लाग्न सक्ने बताउनु भयो । कार्यक्रममा नेपाली काग्रेसका पर्सा जिल्ला सभापती सुरेन्द्र चौधरीले देशको राजनितिक राजधानी काठमाण्डौ भएकोले आर्थिक राजधानी वीरगंज भएको बताउनु भयो । उहाले देशमा विभिन्न परियोजना आएपनि कावान्यन पक्ष कमजोर भएको हुनाले परियोजना लागि हुन नसकेको बताउनु भयो । उहाले हाम्रो देश कृषि प्रधान भएपनि जबसम्म कृषि क्रान्ति हुदैन तब सम्म आर्थिक क्रान्ति हुदैन र हाम्रो देश विकास गर्न सकिदैन भन्नुभयो । शिलान्यास कार्यक्रममा कृषि विकास कार्यालय पर्साका प्रमुख विजय कुमार श्रीवास्तव, पर्साका प्रमुख जिल्ला अधिकारी नागेन्द्र झा लगायतलकाले मन्तव्य व्यक्त गर्नुभएको थियो । शिलान्यास कार्यक्रम कृषि उपज थोक बजार संयोजक अरविन्द्र आमात्यको अध्यक्षतामा सम्पन्न भएको थियो ।

No comments:

Post a Comment