Pages

थारु समुदाय द्वारा बिभिन्न कार्यक्रमहरु

































सौजन्य-बी.सि
बीरगंज १ माघ/ मकरसंक्रान्ति अर्थात थारु समुदायको नया बर्ष माघी महोत्सवको अवसरमा पर्सा जिल्लामा बसोबास गर्ने थारुहरुले आज विभिन्न कार्यक्रमको आयोजना गरी मनाएका छन् ।
बाँकी समाचार.......




बीरगंजको घण्टाघरबाट निस्केको झाकि र्‍याली बीरगंजको माइस्थान, महाविरस्थान, अलखियामठ र आदर्शनगर हुदै बीरगंज नगर सभागृहमा पुगी सास्कृतिक सभामा परिवर्तन भएको थियो । थारु कल्याणकारी सभाका केन्द्रीय सदस्य श्रीमती बिष्णु चौधरीको प्रमुख आतिथ्यमा सम्पन्न सास्कृतिक कार्यक्रममा थारु समुदायका कलाकारहरुले समाचकवा, डाण्डिया र झम्का जस्ता पारम्परिक नृत्यहरु प्रस्तुत गरेका थिए । थारु कल्याणकारी सभा पर्साका अध्यक्ष रामनारायण थारुको अध्यक्षतामा सम्पन्न सास्कृतिक कार्यक्रममा पूर्व मन्त्री मोहन चौधरीले आजको दिन थारुहरुको विशेष दिन भएकोले यसै दिनमा देशभरीका थारुहरु आफनो हक अधिकारको लागि एकभएर अघि बढनु पर्नेमा जोड दिनुभयो । पर्सा जिल्लामा करिव ७५ हजारको संख्यामा थारु समुदायहरु बसोबास गर्ने गर्दछन् । नेपाल भरीकै थारु समुदायले आज माघ १ गतेको दिनलाई आफनो नया बर्षको रुपमा बढो धुमधामका साथ मनाउने गर्दछन् । थारु समुदायका ब्यापारीहरुले आजैको दिनबाट आफनो पुरानो हिसावकिताब बन्द गरी नया खाता संचालन गर्ने गर्दछन् ।

No comments:

Post a Comment