Pages

चक्काजाम करिब ३ घण्टा पछि खुल्यो

बीरगंज १ माघपक्राउ परेका ब्यक्तिको सम्बन्धमा छलफल गरि निस्कर्षा पुग्ने सहमती पछि बीरगंज इनर्वाका स्थानियवासीले रजतजयन्ती चौकमा गरेको टायर बाली चक्काजाम करिब ३ घण्टा पछि खुलेको छ । बाँकी समाचार.......
   

बीरगंज उपमहानगरपालिका वडा नम्बर-१९ निवासी भिम यादवलाइ गएराती सशस्त्र प्रहरी सिमा सुरक्षा बल भन्सार गसती टोलीले २५ ग्राम लागु औषध सहित पक्राउ गरि जिल्ला प्रहरी कार्यालय पर्सामा बुझाएको थियो । बीरगंज बाइपासमा बिगत ६/७ बर्षदेखि मालबाहक सामग्री सेवा संघमा गाइडको काम गर्दै आएको यादव हिजो बेलुकी भन्सार गेट अगाडी बिआर २२ एफ ४६५६ नम्बरको पल्सर मोटरसाइकल पार्किङ गथरि भन्सार भित्र भारतीय गाडी खोजी गरि रहेको अवस्थामा सशस्त्र प्रहरी सहायक निरिक्षक मधु गौतमले पार्किङ गरि राखिएको मोटरसाइकलमा आगु औषध राखि उनलाइ फसाएको भन्दै स्थानियवासीले टायर बाली पक्राउ परेको यादवको रिहाइको माग गर्दै प्रदर्शन गरेका हुन् । प्रदर्शन गरि रहेको स्थलमा जिल्ला प्रहरी कार्यालय पर्साबाट खटी गएका प्रहरी नायव उपरिक्षक योग बहादुर पालले घटनाबारे सत्यतथ्य पता लगाइ निस्कर्षा पुग्ने सहमती पछि बन्द भएको बाटो खुलाएको हो । यता जिल्ला प्रहरी कार्यालय पर्सामा भएको छलफलमा सशस्त्र प्रहरी सहायक निरिक्षक मधु गौतमले आफुले यादवको साथबाट कुनै प्रकारको लागु औषध नभेटिएको र उनको मोटरसाइकलमा लागु ओषध फेला पारेको प्रहरी नायव उपरिक्षक योग बहादुर पाल समक्ष जानकारी गराएका छन् । सशस्त्र प्रहरीले जिल्ला प्रहरी कार्यालय पर्सामा बुझाएको पत्रमा पनि पहिलो लागु औषध अफिम फेल परेको लेखेको र पछि पत्रमा केरकार गरि आगु औषध खेरोहिरोईन लेखि पठाएको पत्रमा स्थानियबुद्धिजीविले निर्दोष यादवलाइ जानी जानी फसाउने प्रयास गरि रहेको आरोप लगाएका छन् । स्थानियबासी अनुसार केही दिन पहिला सशस्त्र प्रहरी सहायक निरिक्षक मधु गौतम र यादव बिच केही कुरामा समान्य बिवाद भएको थियो । सो बिवादको बदला लिनको लागि सहायक निरिक्षक गौतमले फसाएको आरोप समेत लगाएका छन् । उनीहरुले निर्दोष यादवलाइ तत्काल नछाडिए कडा आन्दोलन गर्ने चेतावनी समेत दिएका छन् ।

No comments:

Post a Comment