मजदुरको सामाजिक सुरक्षा हुनु पर्छ - अध्यक्ष वैद्य, उवासंघको सपथ ग्रहण कार्यक्रम सम्पन्न
बीरगंज २९ पुस/ नेपाल उद्योग वाणिज्य महासंघका कार्यवाहक अध्यक्ष सुरज वैद्यले टे्रड युनियनहरु राजनीतिक दलको रुपमा स्थापित हुदै गएको आरोप लगाएका छन् । बाँकी समाचार........
आज वीरगंज उद्योग वाणिज्य संघको शपथ ग्रहण समारोहलाई सम्बोधन गर्दै वैद्यले भने 'टे्रड युनियनहरु मजदुरको समस्या अघि बढाउन भन्दा राजनीति गर्नमा लागेका छन्' । टे्रड युनियनहरुले बढाएको मजदुरको पारिश्रमिक वृद्धिको मुद्दामा आफूहरुको बिमती नरहेको वैद्यले भने । उनले आफूहरु पनि मजदुरको सामाजिक सुरक्षा हुनु पर्छ भन्ने पक्षमा रहेको बताउदै भने 'हामी १० हजार मात्र होइन त्यो भन्दा बढि पारिश्रमिक पनि दिन तयार छौं, तर तलवमानलाई उद्योगहरुको उत्पादकत्वसंग जोडेर वृद्धि गर्नु पर्छ' । ५० प्रतिशत भन्दा बढि विद्युत उपभोग गर्ने मुलुकको औद्योगिक क्षेत्र लोडसेडिङ्गका कारण धराशायी भएकाले अब महासंघले विद्युत कटौतीको समस्या समाधान गर्नु पर्ने मुद्दालाई जोडतोडका साथ अघि बढाउने वैद्यले बताए । उनले लोकतन्त्र आए यता मुलुकको बजेट समयमा नआउने परम्परा बस्दै गएको र यसको कारण उद्योगी व्यवसायीहरुले बैंकहरुलाई चर्को व्याज तर तिर्नु परेको बताए । वैद्यले दलहरुलाई छुट दिदा मुलुकको औद्योगिक क्षेत्र र समग्र अर्थतन्त्र पछाडी परेको आरोप लगाए । उनले भने 'मुलुकका अन्य समस्या समाधान नभए सम्म समग्र अर्थतन्त्रको विकास हुदैन भन्ने सोच गलत हो, अर्थतन्त्र बलियो नभए सम्म मुलुकको कुनै पनि क्षेत्रमा सुधार आउदैन' । लामो समयदेखि जारी राजनीतिक अस्थिरताले जनता निराश भई सकेको बताउदै वैद्यले मुलुकको सकेसम्म चाडो नया प्रधानमन्त्री चाहेको बताए । उनले संविधान सभाको म्याद एक बर्षा लागि थप गर्दा जनताले यति समयमा संविधान निर्माण गर्ने काम सम्पन्न हुने आशा राखेकोमा त्यो पनि दलहरुले गर्न नसकेकोमा उनले असन्तुष्टी जाहेर गरे । उनले भने 'जनताले बाकी रहेको पाच महिनाको अवधिमा पनि नेपाली जनताले संविधान बनेको हेर्न चाहेका छन्' । वैद्यले समयमा संविधान नआए बन्द,हडताल सुरु हुने र त्यसको प्रत्यक्ष असर उद्योग व्यवसाय क्षेत्रमा पर्ने बताए । वीरगंज उद्योग वाणिज्य संघका नवनियुक्त अध्यक्ष अशोक टेमानीले आफ्नो कार्यकालका मुल एजेण्डाहरुमा वीरगंज पथलैया औद्योगिक करिडोरलाई राज्यबाटै औद्योगिक करिडोरको घोषणा गराउने, वीरगंज अमलेखगंज रेल्वे लिंकको बिस्तारका लागि सरकारसंग माग गर्ने, पर्सा भिजन २०७५ को अवधारणालाई अघि बढाउने, वीरगंज पथलैया करिडोर सडकलाई छ लेनको बिस्तारका लागि दबाबमूलक कार्यक्रम गर्ने रहेको बताए । समारोहमा संघका पूर्व अध्यक्षहरु ओमप्रकाश सिकरिया, गणेश लाठ, नेपाल उद्योग वाणिज्य महासंघका एजि शेर्पा लगायतकाले टेमानीको कार्यकालको सफलताको कामना गरेका थिए । यस अघि प्रमुख निर्वाचन अधिकृत अधिवक्ता बालमुकुन्द खरेलले संघका नवनियुक्त अध्यक्ष टेमानी तथा उनको नेतृत्वको कार्यसमितिका पदाधिकारीलाई पद तथा गोपनियताको शपथ ग्रहण गराउनुका साथै प्रमाणपत्र बितरण गरेका थिए ।
Subscribe to:
Post Comments (Atom)




No comments:
Post a Comment