बीरगंज २९ पुस/ सशस्त्र प्रहरीको अलौं बेस क्याम्प र जिल्ला वन कार्यालय पर्साको सयुक्त गस्ती टोलीले आज छापामारीको क्रममा बगही गाबिसबाट ठूलो परिमाण काठ बरामद गरेको छ ।
बाँकी समाचार........
राष्ट्रिय वनबाट रुख काटेर त्यहा लाई भण्डारण गरी राखेको सुराकीको आधारमा बिहीबार मध्यान्ह १२ बजे जिल्ला वन कार्यालय प्रमुख सन्तमाया श्रेष्ठ र सशस्त्र प्रहरीको बेस प्रमुख प्रहरी निरीक्षक हरीबहादुर गुरुङ्ग नेतृत्वको टोलीले उक्त छापा मारेको थियो । छापामारीको क्रममा बगही २ निवासी परमात्मा ठाकुरको घर, दिगम्बर साहको गोठ र नजिकमा रहेको अस्पताल परिसरबाट पाच लाख ५८ हजार एक सय ४० रुपैया बराबरको एक सय ८१ थान चिरान सालको काठ बरामद भएको छ । उक्त काठ दुइ सय ५३ क्युविक फिट रहेको छ ।
No comments:
Post a Comment