बीरगंज ३० पुस/ वीरगंजका शिख समुदायले विहीबारबाट शिख धर्मका १० औं धर्मगुरु गोबिन्द सिंहजी महाराजको जन्मजयन्ती समारोह सुरु गरेका छन् । बाँकी समाचार........
यस अवसरमा तीन दिन सम्म प्रभात फेरी, गुरुद्वारामा अखण्ड भजन किर्तन, पाठ आदि धार्मिक कार्यक्रम सुरु गरिएको छ । स्थानीय शिख समुदायका जसपाल सिंहका अनुसार, पटनामा जन्मेका धर्मगुरु गोबिन्द सिंहजी महाराजको जन्मजयन्ती समारोहमा सरिक भएर बुधबार साझ वीरगंजको शिख समुदायको एक टोली पटनाबाट फर्केर आएको छ । वीरगंजमा शिख समुदाय अल्पसंख्यक बन्दै गएपनि धार्मिक समारोह तथा जातिय पर्वहरुमा यो समुदाय एकत्रित भई मनाउने गरेका छन् । वीरगंजमा करीब पाच दशकदेखि बस्दै आएको यो समुदाय एक दशक यता यहाबाट पलायन हुने क्रम बढेको छ । कुनै समय पाच सय सम्म पुगेको शिख समुदायको परिवारको संख्या हाल यहा करीब चार दर्जनमा झरेको छ । बन्द,हडताल,चक्काजाम आदिका कारण शिख समुदायको मुख्य पेशा ट्रान्सपोर्ट तथा यातायात सेवामा नकारात्मक असर पर्न थालेपछि यहाबाट शिख समुदाय पलायन हुने क्रम बढेको हो ।
No comments:
Post a Comment