'काम गर्न नदिए परियोजना अन्यत्रै जान्छ - राजदुत
बीरगंज २१ पुस/ मुआब्जा विवादका कारण बिगत छ महिना देखि अवरुद्ध रहेको पर्साको श्रीसिया र अलौ गाबिसमा निर्माण हुने भनिएको एकीकृत सुरक्षा जाच चौकीको निर्माण कार्यमा स्थानीयले अवरोध पुर्याई रहे यो योजना अन्यत्र सारिने चेतावनी भारतीय राजदुत राकेश सुदले दिएका छन् । बाँकी समाचार.......
भारतले उपहार स्वरुप निर्माण गर्न लागेको उक्त परियोजना बारेको विवाद समाधान तथा परियोजनास्थलको निरीक्षणका लागि आज त्यहाँ पुगेका सुदले यस्तो चेतावनी दिएका हुन् । उनले भारततर्फो परियोजनाको आधा काम सम्पन्न भई सकेकाले नेपाल तर्फपनि अवरुद्ध नपार्न आग्रह गरेका थिए । उनले आउदो सेम्प्टेम्बर सम्म यो परियोजना सम्पन्न गरी सक्नु पर्ने भएकाले आर्थिक विकासका लागि कसैलाई अवरोध नगर्न आग्रह गरेका थिए । उनले थप मुआब्जा मागी रहेका स्थानीयलाई परियोजनामा रोजगारी दिने आवश्वासन पनि दिएका थिए । उक्त अवसरमा उद्योग मन्त्री महेन्द्रराय यादवले यो परियोजनाको निर्माण कार्यले दुबै देशको आर्थिक विकासमा मद्दत पुग्ने बताउदै यो परियोजनालाई अवरोध नगर्न उनले आम मधेशीलाई आग्रह गरेका थिए । करीब तीन मिनेट मात्र त्यहा बसेर सुद फर्के लगत्तै स्थानीय जग्गाधनीहरुले उद्योगमन्त्री महेन्द्रराय यादव सहितको टोली घेराउ गरेको थियो । परियोजनास्थलबाट करीब पाच सय मिटर उत्तर सम्म उनीहरुले मन्त्री यादवलाई पैदल हिर्डाई स्थानीय मठमा लगेका थिए । मठमा जग्गाधनीहरुले आफूहरुलाई धोका दिई निर्माण कार्य सुरु हुन लागेको गुनासो गरेका थिए । उद्योगमन्त्री यादवले जग्गाधनीलाई दोहोरो मुआब्जा दिन नमिल्ने भन्दै मन्त्रीको हैसियतले आफूले सक्दो पहल गर्ने आश्वाशन दिएका थिए । श्रीसिया गाबिसका पूर्व अध्यक्ष प्रेम पटेलले जग्गाधनीहरुले दुइ महिना भित्र आफूहरुलाइ मुआब्जाको थप रकम उपलब्ध गराउनु पर्ने शर्तमा परियोजनाको काम थाल्न दिनमा सहमत भएको बताए । जग्गाधनीहरुले सरोकारवालाहरुसंग आफूहरु प्रत्यक्ष रुपमा वार्ता गर्नु पर्ने अडान राखेका थिए । उनीहरुले परियोजनाको नेपाल तर्फो काम गर्न भनि भारतबाट प्रवेश गरेको एक्साभेटरलाई भारत तर्फै फकाई दिएका थिए । उनीहरुले विवाद समाधान नभए सम्म कुनै पनि हालतमा काम गर्न नदिने अडान राखेका थिए । पतन्जली जनबहुउद्देश्यि विकास मंचका अध्यक्ष हनुमान साहले जिल्लाका सभासदहरुको पहल र आश्वासन पछि तत्कालका लागि स्थानीय जग्गाधनीहरु परियोजनाको काम गर्न दिन सहमत भएको बताए । सभासदहरुले दोहोरो रुपमा मुआब्जा दिन नमिल्ने भएपनि राहतको लागि सदन र मन्त्रीपरिषदमा समेत तत्काल आवाज उठाउने आश्वासन दिएपछि गाउलेहरु काम गर्न दिन सहमत भएको बताए । यस अघि आजनै वीरगंजस्थित भिष्वा होटलमा राजदुत सुदको उपस्थितिमा भएको र्सवपक्षिय बैठकमा बिभिन्न सहमती भएको थियो ।
Subscribe to:
Post Comments (Atom)

No comments:
Post a Comment