माइती नेपाल र संचारकर्मी वीच समिक्षा
बीरगंज २१ पुस/ महिला तथा बालबालिका विरुद्ध अभियानका बारेमा बाषिर्क समिक्षा गोष्ठी आज स्थानिय होटल सम्झनामा सम्पन्न भएको छ । बाँकी समाचार......
माइती नेपाल आवधिक गृह पर्सा वीरगंजको आयोजना र क्रियाशिल युवा पत्रकार मञ्चको सहयोगमा माइती नेपाल आवधिक गृह पर्साकी प्रमुख संगीता पुरीले शाखाको २००८ देखि २०१० सम्मको प्रगति विवरण प्रस्तुत गर्नुहुदै नाकामा रोकी परामर्श पछि भारत पठाएको संख्या २१ हजार पाच सय १२, सीमा प्रहरीको सहयोगमा सीमा क्षेत्रमा जोखिममा पर्ने अवस्थाका महिलातथा बालबालिका उद्दार गरिएको संख्या ७७१, भारतबाट उद्दार गरिएको संख्या ३०, घरेलु हिंसाको उजुरी संख्या ८, हराएको महिला तथा बालबालिका फेला परेको संख्या ५२ जना अन्य निकायबाट अलपत्र अवस्थामा फेला परेर ल्याएको संख्या १ सय ६४ रहेको जानकारी गराउनु भएको थियो । माइती नेपाल पर्साको संचारकर्मीहरुसंग अन्तरक्रिया, सुरक्षाकर्मीसंग अन्तरक्रिया, ५ वटा गाविसमा अन्तरक्रिया, भिडियो प्रदर्शनी, चेतावनीमूलक कार्यक्रम विद्यालयका शिक्षक, विद्यार्थी, किशोर, किशोरी, समूह, महिला तथा पुरुष कार्यकर्ता, जिल्ला स्तरीय सरोकारवालाहरुसंग वैठक, जिल्ला स्तरीय अन्तरक्रिया, महिला दिवस, मानव बेचबिखन विरुद्धको दिवस, लैंगिक हिंसा र विश्व एड्स दिवसको दिन र्याली गरेको संगीता पुरीले प्रस्तुत गर्नुभएको प्रतिवेदनमा उल्लेख छ । सो समीक्षा गोष्ठीको सभापतित्व महिला विकास कार्यालय पर्साकी प्रमुख उर्वरा लुइटेल र संचालन माइती नेपालका फणिन्द्र अधिकारीले गर्नूभएको थियो । सो गोष्ठीमा प्रमुख अतिथी सहायक प्रमुख जिल्ला अधिकारी चिरन्जीवी अधिकारी, फोमन पर्साका अध्यक्ष महेशचन्द्र गौतम, साप्ताहिक पाक्षिक पत्रिका मोर्चाका अध्यक्ष शशी विचित्र र राष्ट्रिय समाचार समिति नारायणी अञ्चल प्रमुख शितल महतोले मन्तव्य प्रकट गर्नुभएको थियो ।
Subscribe to:
Post Comments (Atom)

No comments:
Post a Comment