घण्टाघरमा संघीयता विरोधी राष्ट्रिय जनअभियान
बीरगंज २१ पुस/ राष्ट्रिय जनमोर्चाको गणतन्त्र, राष्ट्रियता, शान्तिको पक्षमा तथा संघीयता विरुद्ध राष्ट्रिय जन अभियान व्यवस्थापन समिति पर्साको आयोजनामा आज दिउसो स्थानीय घण्टाघरमा जनताहरुको व्यापक सहभागिता वीच भाषण र कलाकारहरुद्वारा प्रस्तुत जनवादी प्रगतिशील नृत्य र संगीतका साथ राष्ट्रिय जनअभियान सम्पन्न भएको छ । बाँकी समाचार.......
सो जन अभियान कार्यक्रममा नेकपा मसाल पर्साका नेता अच्छेलाल साह, केन्द्रीय नेता रश्मीराज नेपाली, बद्री आलम लगायत सरिक थिए । सो राष्ट्रिय अभियान कार्यक्रममा राष्ट्रिय जनमोर्चाको तर्फाट बा"डिएको अपिलमा २०६७ पुस १० गते देखि माघ १० गतेसम्म संचालन हुने राष्ट्रिय जन अभियान सफल पारौं । जनताको बलिदान पूर्ण संघर्षबाट प्राप्त गणतन्त्र प्रमुख दलहरुको सत्ताको लर्डाईले गुम्ने हो कि भन्ने गम्भीर खतरा उत्पन्न भएको छ । विभिन्न जात-जाति, भाषा-भाषी, धर्मावलम्वीहरुको मिश्रणयुक्त नेपाली समाजलाई स्थानीय स्वायत्तता तथा जातीय स्वशासनको अधिकार दिएर जनतालाइ अधिकार सम्पन्न बनाउनु पर्ने ऐतिहासिक आवश्यकता विरुद्ध प्रमुख राजनीतिक दलहरु संघीय शासन प्रणालीका आधारमा देशलाइ विखण्डन गर्ने र अधिकार जनतालाई होइन, प्रान्तीय टाठावाठा नेताहरुको हातमा दिने सुनियोजित षडयन्त्र गर्दैछन् । राष्ट्रिय जनमोर्चा सवै मजदुर, किसान, विद्यार्थी, शिक्षक, कर्मचारी, बुद्धिजीवी, उद्योगपति, व्यापारी, पत्रकार, वकिल, लगायत सवै तह र तत्काका जनतासित देशलाई असफल राष्ट्रतिर धकेल्न चाहने राजनीतिक शक्तिहरुलाई समयमा नै दवाव सिर्जना गर्न अपिल गर्दछ भनिएको छ ।
Subscribe to:
Post Comments (Atom)

No comments:
Post a Comment