बीरगंज २६ पुस/ गएराती बाराको कलैया ५ मोतीवार श्री त्रिचन्द माध्यमिक विधालय स्थित मोटरसाइकलको ठक्करबाट गम्भिर घाइते भएका १३ बषीर्य बालको नारायणी उपक्षेत्रिय अस्पतालमा उपचार हुन नसकेपछि आज विहान काठमाण्डौ रेफर गरिएको छ । बाँकी समाचार..........
घाइते हुनेमा बाराकै कलैया ५ मोतीबार निवासी १३ वषिर्य जयराम सराफ रहेको बारा प्रहरीले जनाएको छ । गएराती ना.१.प ५६४२ नम्बरको मोटरसाइकलले सोही ठाउमा साइकलमा सवार सराफ आफनो घर तर्फगईरहेको अवस्थामा पछाडीबाट ठक्कर दिदा उनी गम्भिर घाइते भएका हुन । घाइते सराफको तत्काल नारायणी उपक्षेत्रिय अस्पतालमा भर्ना गरिएकोमा आज डाक्टरको सल्लाह अनुसार काठमाण्डौ रेफर गरिएको अस्पताल श्रोतले जनाएको छ । यता ठक्कर दिने मोटरसाइकल र चालक बारा कलैया ५ निवासी सुमित तिवारीलाई आफनो नियन्त्रणमा लिएको बारा प्रहरीले जनाएको छ । त्यसैगरि बीरगंजको पावरहाउस चौक नजिक आज बिहान दुइवठा मोटरसाइकल एक आपसमा ठोकिदा दुइ जना घाइते भएका छन् । घण्टाघर तर्फआउदै गरेको ना.१६.प ७५७१ र बिपरीत दिशाबाट जाँदै गरेको ना.१०.प १६२८ नम्बरको मोटरसाइकल एक आपसमा ठोकिदा दुबै मोटरसाइकलका चालक घाइते भएका हुन् । घाइते हुनेमा बीरगंज वडा नम्बर-१८ भिषवा निवासी सुबोध तिवारी र माइस्थान निवासी मनोज साह रहेका छन् । घाइते दुबैको बीरगंज स्थित नारायणी उपक्षेत्रीय अस्पतालमा उपचार गराइ घर फर्किएको प्रहरीले जनाएको छ ।
No comments:
Post a Comment