बीरगंज २६ पुस/ वीरगंज उपमहानगरपालिका वडा नम्बर-२ छपकैया शान्तिटोलमा बसोबास गर्दे आएको दलित समुदायका व्यक्तिलाई आज एक कार्यक्रम वीच न्यानो लत्ताकपडा वितरण गरिएको
छ । बाँकी समाचार..........
शहरी गरिब सशस्तीकरण समाज उप्स पर्साले आज शान्तिटोल छपकैयामा आयोजना गरेको एक कार्यक्रम विच वीरगंज पब्लिक कलेजका छात्र छात्राहरुले समुदायका ७० जना व्यक्तिहरुलाइ कम्बल तथा अन्य न्यानो लत्ताकपडाहरु वितरण गरेका छन । वीरगंज पब्लिक कलेजमा अध्ययनरत कक्षा ११ देखि स्नातकोउत्तोरको विद्यार्थीहरुले जम्मा गरेको नगद रुपैयाले २० वटा कम्बल र जम्मा गरेका अन्य लत्ताकपडाहरु वितरण गरिएको कलेजका छात्रा सोफिया तुल्सियानले बताउनु भयो । उप्सका अध्यक्ष साहेब हुसैनको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा कलेजका समिर अंसारी, अर्जुन सिवाकोटी, विनके शर्मा, सोनम सिंह लगायतका छात्र छात्राहरुले बढदो सितलहरी र जाडौलाई मध्यनजर गर्दै आफूहरुले सहयोगको भावनाले न्यानो लत्ताकपडा वितरण गरेको बताउनु भयो ।
No comments:
Post a Comment