Pages

शिक्षक युनियनको भवन शिलान्यास कार्यक्रम
















बीरगंज २ माघनेपाल शिक्षा युनियन पर्साको सातौ स्थापना दिवसको अवसरमा आयोजित शिक्षक भेला तथा भवन शिलान्यास कार्यक्रम आज एक समारोहका बिच सम्पन्न भएको छ ।
बाँकी समाचार...... 
   

पर्साको रामगढवामा आयोजित सो शिलान्यास कार्यक्रमका प्रमुख अतिथी सभासद रमेश रिजालले भवन शिलान्यास गर्दै सम्पुर्ण शिक्षकहरु एक जुट भइ अघि बढनु पर्ने कुरामा जोड दिनु भएको थियो । नेपाल शिक्षा युनियन पर्साका अध्यक्ष रामचन्द्र पणितको सभापतित्वमा भएको कार्यक्रममा नेपाल सदभवना पार्टीका जिल्ला अध्यक्ष नेजामुदिन समानी, नेपाल शिक्षा युनियन संगठनका अशोक चौधरी, नेपाल शिक्षा युनियन मंचका दिनेश चौरसिया, नेपाल शिक्षा युनियनका केन्द्रिय सदस्य राजेश पाण्डे लगायत पर्साका शिक्षकहरुको उपस्थिती रहेको थियो । शिलान्यास गरिएको सो ७ धुरको जग्गामा करिब ३० लाखको लागतमा ४ तल्ले भवन निर्माण गरिने युनियन पर्साका अध्यक्ष रामचन्द्र पणितले बताउनु भएको छ ।

No comments:

Post a Comment